Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधरेलसेवा भाडा : जनरल बोगी ७० र एसी बोगी तीन सय रुपैयाँ

रेलसेवा भाडा : जनरल बोगी ७० र एसी बोगी तीन सय रुपैयाँ


धनुषा ।
दुई वर्षदेखि पटक–पटक मिति तोकिए पनि सञ्चालन हुन नसकेको जनकपुर–जयनगर रेल सेवा माघभित्रैबाट सञ्चालन हुनेभएकोे छ । सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँ–ठाउँमा रेल्वे स्टेसन र हल्टसमेत निर्माण भइसक्दा इञ्जिन र बोगी आउन नसकेको भन्दै रेलसेवा सञ्चालन हुन सकेको थिएन तर अहिले भारतबाट दुईवटा रेल खरिद गरिएको चार महिना भइसक्दा पनि सञ्चालन हुन सकेको छैन । भारतबाट खरिद गरिएको दुईवटा रेल अहिले धनुषाको इनर्वास्थित नेपाली स्टेसनमा थन्क्याएर राखिएको छ ।

यसरी पटक–पटक विभिन्न मिति तोकेर पनि सञ्चालनमा नआएकाले अहिले पनि जनतामा विस्वासको भाव देखिए को छैन ।जनकपुरधामस्थित रेल्वे स्टेसन रोडमा ल्यापटप मर्मत पसल सञ्चालन गर्दै आएका उमेश महतोले भन्नने– ‘रेल सेवा सुरु भएपछि भारतबाट रिपेयर पार्ट ल्याउन सजिलो हुने हिसाबले स्टेसन रोडमा एक वर्षअघि पसल राखे तर अहिलेसम्म रेल सञ्चालन हुन सकेको छैन । त्यसैले रेल सञ्चालन नभएसम्म विश्वास गर्न सकिँदैन ।’

लामो समयदेखि रेल सञ्चालनमा आउने बताइँदै आएको भए पनि विभिन्न कारण देखाउँदै रेल सञ्चालन हुन नसकेको अवस्थामा पछिल्लो पटक नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले यही माघभित्र जसरी पनि सञ्चालनका ल्याउने दाबी गरेका छन् । तर, जनकपुरका स्थानीय भने माघभित्रै रेल सञ्चालन हुनेमा ढुक्क हुन सकेका छैनन् ।

महाप्रबन्धक भट्टराई भने आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका विषय सुनिश्चित भइसकेकाले माघभित्रै रेल सञ्चालनमा आउने दाबी गर्छन् । उनले रेल सञ्चालनका लागि प्राविधिकतर्फका २६ कर्मचारी भारतबाट ल्याइने र बाँकी करिब एक सय कर्मचारी नेपालतर्फबाट राखेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको जानकारी दिए । भट्टराईले भने– ‘प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ ।

जीटुजी प्रक्रियामा भारतीय पक्षसँग प्याकेजमा सहमति भएको हो र त्यसलाई मूर्तरूप दिन उक्त प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेका छौँ ।’ उनले रेल इञ्जिनको सर्भिसिङ, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वेसम्बन्धी तालिम दिनेलगायत विषय प्याकेजमा समावेश गरिएको जानकारी दिए । उनले नेपालको तर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको बताए । त्यसका लागि सडक विभाग पनि सकारात्मक रहेको उनले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया