Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएनवाईएफसीको नेपालकै सबैभन्दा ठूलो क्यलिस्थेनिक्स पार्क नक्सालमा

एनवाईएफसीको नेपालकै सबैभन्दा ठूलो क्यलिस्थेनिक्स पार्क नक्सालमा


काठमाडौं ।
एनवाईएफसीले सुरु गरेको प्रोजेक्ट टेम्पलअन्तर्गत शुभश्री कलेजसँगको सहकार्यमा नेपालकै सबैभन्दा ठूलो क्यलिस्थेनिक्स पार्क नक्साल नारायण चौरमा सफलतापूर्वक निर्माण भएको छ । गत शनिबार पूर्वमन्त्री गगन थापाले एक कार्यक्रमका बीच झण्डोत्तोलन गरी पार्कको उद्घाटन गरेका थिए ।

एनवाईएफसीले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स पार्कहरु धेरै अगाडिदेखि निर्माण गर्दै आएको छ । यस्तै व्यायाम स्थलहरू देशका सबै सहरहरूमा निर्माण गर्ने उद्देश्यका साथ अघि बढेका एनवाईएफसीका संस्थापक शुकदेव कार्कीले जानकारी दिए । व्यायामले जीवनमा धेरै सकारात्मक परिवर्तनहरू ल्याउने भएकोले यो पार्कको निर्माणसँगै त्यहाँका स्थानीयहरूमा हर्ष उल्लास छाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया