Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधशिव मन्दिरको आश्रयस्थल र शौचालय जीर्ण

शिव मन्दिरको आश्रयस्थल र शौचालय जीर्ण


सोलुखुम्बु ।
सोलुखुम्बुको सुलुदुधकुण्ड नगरपालिका सल्लेरीस्थित शिव मन्दिरको आश्रयस्थल र शौचालय जीर्ण अवस्थामा पुगेको छ । सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ५ सल्लेरीमा रहेको शिव मन्दिर परिसरमा निर्माण गरिएको आश्रयस्थल र शौचालय जीर्ण बन्दै गएको हो ।

२०६५ सालमा निर्माण गरिएको दर्शनार्थी बस्ने आश्रयस्थको काठ मक्किएको छ । काठ मक्किएपछि सो आश्रयस्थल भत्किन समेत थालेको छ । आश्रयस्थल नजिकै रहेको शौचालयको ढोका समेत व्यवस्थित अवस्थामा नरहेको स्थानीयको भनाइ छ । ढोका व्यवस्थित नहुँदा सो शौचालय प्रयोगमा समेत आउन नसकेको बताइएको छ ।

शौचालय प्रयोगमा नआउँदा मन्दिरमा पुग्ने दर्शनार्थीलाई शौच गर्न समेत समस्या हुने गरेको छ । आश्रय स्थलत र शौचालय मर्मतका लागि बजेट नभएको व्यवस्थापन समितिका सचिव एकाकुमारी कार्कीले बताइन् । बजेट माग गरिएकाले बजेट प्राप्त हुनासाथ मर्मतको काम गरिने उनको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया