Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता जोशी

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता जोशी


काठमाडौं ।
काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न पहिलो प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता सुमन जोशी बनेका छन् । यती ग्रुपले आयोजना गरेको टुर्नामेन्ट ५ र ६ मार्च २०२१ मा सम्पन्न भएको थियो । प्रतियोगितामा एक सय ५० गल्फ खेलाडी सहभागी थिए । प्रतियोगितामा सहभागी प्रत्येक प्रतिस्पर्धीले एकपटक होल इन वान प्रहार गर्ने मौका पाएका थिए । जोशीले यो सफलतासँगै कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले प्रायोजन गरेको किया सोनेट एचटिएक्स कार जितेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया