चाडपर्वलाई लक्षित गरी ‘यात्रु सहायता कक्ष’ सञ्चालन
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरी ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षको उद्घाटन गरी बिहीबारदेखि विधिवत् रूपमा सेवा दिन सुरु गरेको हो ।
टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गर्ने योजना स्वरूप नयाँ बसपार्कमा कक्ष स्थापना गरी सुरु गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए । दशैँ मान्न उपत्यका छाडी आ–आफ्नो थातथलो फर्किने यात्रुहरूलाई बढी भाडा लिने, यात्रु ठगी गर्ने, टिकटलगायत अन्य यातायातसम्बन्धी समस्याहरूलाई सहजता दिलाउन कक्षले काम गर्ने उनको भनाइ छ ।
कक्षले यात्रु तथा आफ्नो मालसामानको सुरक्षासम्बन्धी सुसूचित गराउने, जनचेतनामूलक पर्चापम्प्लेट वितरण गर्नेछ । त्यस्तै कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग गरी स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न समेत कक्षले सचेत गराउने एसएसपी भट्टराईले जानकारी दिए । यात्रु सहायता कक्ष भएका स्थानहरूमा निःशुल्क मास्क वितरण समेत हुनेछ । महाशाखाले उपत्यकामा टिकट काउन्टर रहेका र यात्रुको बढी भीडभाड हुने १४ स्थानमा कक्ष स्थापना गर्नेछ । बिहीबारबाट नयाँ बसपार्क, गौशाला, बल्खु र कोटेश्वरमा कक्ष सुरु भएको छ ।
यस्तै आइतबारसम्म सातदोबाटो, कलंकी, नागढुंगा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाती, सुन्धारा, रत्नपार्क र फर्पिङमा कक्ष राखी सञ्चालनमा ल्याइने जानकारी महाशाखाले दिएको छ । दशैँमा घर जान लामो तथा मझौला दूरीका अग्रीम टिकट बुकिङ खुला हुने हुँदा त्यस्ता स्थानहरूमा यात्रुको भीडभाड र हुनसक्ने समस्यालाई समाधान गर्न कक्षहरू सक्रिय भई काम गर्ने छन् । कक्षले फर्जी टिकट बेच्ने र डबल टिकट काट्ने, टिकट कालोबजारी गर्ने, यात्रुहरूलाई सास्ती दिने अनधिकृत व्यक्तिहरूमाथि निगरानी गर्ने, पकेटमारलगायतका गतिविधि निगरानी गर्न छुट्टै सादा पोसाकमा समेत ट्राफिक प्रहरीको टोली परिचालन गरिने महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले बताए ।
चाडपर्वमा उपत्यकाबाट बाहिर जाने यात्रुको सहजताका लागि उपत्यकाको टिकट काउन्टर रहेका विभिन्न स्थानमा प्रत्येक वर्ष दशैँदेखि छठसम्म यस्ता यात्रु सहायता कक्ष स्थापना गर्दै आएको प्रवक्ता दासले बताए । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, नेपाल प्रहरी, सामुदायिक सेवा केन्द्र तथा यातायात व्यवसायी रहने छन् ।
चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, लेन अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम समेत बढ्न सक्ने हुनाले त्यसलाई न्यूनीकरण गर्न समेत सहायता कक्षले प्रभावकारी भूमिका खेल्ने महाशाखाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सेयरबजार परिसुचक दुई हजार ६८ बिन्दुमा
- जब विश्वकै धनी व्यक्तिले म्यानचेस्टर युनाइटेड किन्ने ठट्टा गरे…
- बंगलादेशमा तत्काल छैन आर्थिक संकट : आईएमएफ
- नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष ज्ञवालीद्वारा शपथग्रहण
- हिम पर्वत हाइड्रोपावर र सीबीआईएल क्यापिटलबीच सम्झौता
- सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ खाता’
- जीवन विकास लघुवित्तको संयोजकत्वमा कारागार कार्यालय मोरङमा शुद्ध खानेपानी जडान
- नेपालमा पहिलो पटक ‘नबिल फोन लोन–क्यूआर मर्चेन्ट’ शुभारम्भ
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया