Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुबाट १२ सय क्विन्टल बढी जडीबुटी निकासी

सोलुबाट १२ सय क्विन्टल बढी जडीबुटी निकासी


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक आर्थिक वर्ष मा १२ सय क्विन्टलभन्दा बढी जडीबुटी (गैरकाष्ठ वन पैदावर) निकासी भएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाको सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रबाट १२ सय ४८ दशमलव ३ क्विन्टल जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सहायक वन अधिकृत आनन्द चौधरीका अनुसार सामुदायिक वनबाट ६० हजार छ सय १० किलो, निजी वनबाट ४९ हजार एक सय किलो र राष्ट्रिय वनबाट १५ हजार एक सय २० किलो जडीबुटी निकासी भएको हो । लिखुपिके, सोताङ र माप्यदुधकोशी गाउँपालिका क्षेत्रबाट बढी मात्रा जडीबुटी निकासी भएको छ ।

जिल्लामा सामुदायिक वन ३२ हजार सात सय ३ दशमलव ९६ हेक्टर, निजी एक सय ८५ दशमलव पाँच हेक्टर र राष्ट्रिय वन छ हजार आठ सय ८५ दशमलव तीन हेक्टर क्षेत्रफलमा फैलिएको छ । ती वन क्षेत्रहरूबाट मछिनो, चिराइतो, मजिठो, लोक्ता, अर्गेली, कालो तथा सेतो मुस्ली, धुपीको पात तथा चोइटा, मलागिरी, तितेपाती, विषजरा, गोब्रे सल्लाको पात, कुट्की, पदमचाल, पाखम्भेद, बुकीफूललगायतका जडीबुटी निकासी हुनेगरेको अधिकृत चौधरीले बताए । उक्त जडीबुटीहरू औषधिका लागि झापा, काकड्भिट्टा, काठमाडौं हुँदै भारत निकासी हुनेगरेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x