काठमाडौं । धार्मिक तथा पर्यटकीय जिल्लाको रूपमा परिचित दोलखाको व्यापारिक माहोल भने दैनिक खस्किँदै गइरहेको छ । भूकम्पपछिको पुनर्निर्माणको ताका निकै यहाँको बजार तथा व्यापार निकै उच्च ग्राफमा पुगेको थियो । तर उक्त माहोल धेरै समय भने टिक्न सकेन । तीन वर्षदेखि सुरु भएको कोरोना भाइरसको महामारीले थलिएको जिल्लाको व्यापारी तथा पर्यटकीय क्षेत्र त्यसपछि भने मौलाउन सकेको छैन । यहाँका मुख्य बजारहरु सदरमुकाम चरीकोट, जिरी, सिँगटी, मघादेउराली र मैनापोखरी यतिबेला सुनसान छन् ।
चरीकोटका फेन्सी व्यवसायी किरण मोक्तान कोभिडअघि दैनिक एक लाख रुपैयाँभन्दा बढी कपडाको कारोबार गर्ने गरेको सुनाउँछन् । तर अहिले सटरभाडा तिर्न नै मुस्किल हुने अवस्थामा पुगेको उनको भनाइ छ । नजिकिँदै गरेका मुख्य चाडपर्व तथा आम निर्वाचनले व्यापार, व्यवसायमा सुधार आउने आशमा यहाँका व्यवसायी छन् । यद्यपि दशैँ नजिकै आइसक्दा समेत बजारमा चहलपहल भने छैन । केही वर्षअघिसम्म स्थानीय बजारमा भदौको पहिलो सातादेखि नै दशैँको किनमेल सुरु हुने गरेको व्यापारी प्रकाश बस्नेत बताउँछन् । तीजको समयमा समेत व्यापार नभएको उनले बताए । दशँै आउन करिब तीन साता मात्रै बाँकी हुँदा समेत बजारमा चहलपहल सुरु नभएकाले मुख्य चाडपर्वमा पनि खासै व्यापार नहुने उनको अनुमान छ ।
जिल्लामा यतिबेला सबैजसो व्यापार व्यवसाय चौपट रहेको व्यवसायीको गुनासो छ । फेन्सी, होटल व्यवसाय, इलेक्ट्रोनिक, मोबाइल, घडी, रेडियोको कारोबार, घरजग्गाको कारोबार, तरकारी, फलफूल, जडीबुटीलगायत सबैजसो व्यवसायको कारोबार ठप्प छ । बजार सेलाउँदा बैंक तथा सहकारीका ऋणीहरुले ऋण तिर्न सकिरहेका छैनन् । व्यवसायीहरुले कर्जाको किस्ता तिर्न छाडेपछि सहकारीहरुलाई समेत यतिबेला लगानी गरेको ऋण उठाउन समस्या भएको छ । बजार लयमा हुँदा लगानी गरेको ऋण नउठ्दा जिल्लाका सहकारी जोखिममा परेको बैतेश्वर गाउँपालिकाको एक सहकारीका अध्यक्षले बताए ।
बजार र व्यवसाय राम्रो हुँदा सेयर सदस्यहरुलाई दिएको ऋण नउठ्दा लिलामीको सूचना निकाल्नुपर्ने अवस्था आएको ती सहकारीकर्मीले बताए । जिल्लाका ठूला बैंकको हालत पनि उस्तै देखिन्छ । बैंकले आफ्ना ग्राहकलाई गरेको ऋण लगानी नउठ्दा दैनिकजस्तै गरी पत्रिकामा ३५ दिने घरजग्गा लिलामीका सूचना निकाल्न थालेका छन् । जिल्लाको पर्यटकीय क्षेत्र पनि कोरोनापछि फिर्न सकेको छैन । जिल्लाका मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरु हिजोआज सधैँ सुनसान देखिन्छन् । पर्यटकको आगमन ठप्प हुँदा जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्र सिजनमा पनि सुनसान बन्दै गएका हुन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया