विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्डबाट जीभी अनलाइन हेल्थ केयर सम्मानित
काठमाडौं । विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जीभी अनलाइन हेल्थ केयर सम्मानित भएको छ । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि. र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ई–हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको तर्फबाट संयुक्त रूपमा जीभी अनलाइन हेल्थ केयर प्लेटफर्मलाई अवार्ड प्रदान गरिएको हो ।
नेपालमा पहिलोपटक आयोजना भएको डिजिटल हेल्थ कन्फरेन्स समारोहमा सोही अवार्ड प्रदान गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको ई–हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको आयोजना तथा जेनेभा डिजिटल हेल्थ हबको सहआयोजनामा सञ्चालन आयोजना भएको उक्त कन्फरेन्स्मा ५० हजार राशीको उक्त अवार्ड हेल्थ एट होभका तर्फबाट प्रदान गरिएको थियो ।
सोही सम्मेलनमा नेपालको डिजिटल स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था र भावी कार्यदिशा लगायतका विषयमा छलफल भएको थियो । सम्मेलनमा नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरका साथै स्विट्जरल्याण्ड, जापान, दुबईलगायतका डिजिटल हेल्थमा क्रियाशील अन्तर्राष्ट्रिय वक्ताहरू तथा नेपालका स्वास्थ्यसम्बद्ध विज्ञहरूले समेत कार्यपत्र प्रस्तुत गरेका थिए । डिजिटल हेल्थका क्षेत्रमा जीभी नेपालले गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
हेल्थ एट होमले यसअघि नाइटिङ्गल नर्सिङ अवार्ड २०२२ बाट वरिष्ठ नर्स बिमला श्रेष्ठलाई अवार्ड प्रदान गरेको थियो । कम्पनीले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा विशेष योगदान दिने, स्वास्थ्य क्षेत्रलाई प्रवद्र्धन गर्ने व्यक्ति तथा संस्थालाई सम्मान तथा अवार्ड प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
जीभी नेपाल स्वास्थ्य सेवाको लागि समर्पित नेपालको पहिलो ई–कमर्स प्लेटफर्म हो । यसमा विभिन्न किसिमका भेराइटीहरु उपलब्ध छन् । आभूषण कंसाकार संस्थापक रहेको यस कम्पनीमार्फत दैनिक एक हजारभन्दा बढी फार्मेसी सामग्रीहरु डेलिभरी हुँदै आएका छन् । कम्पनीले प्रविधिमार्फत स्वास्थ्य क्षेत्रलाई प्रविधिमार्फत अप्टिमाइज गर्ने, समाधानहरू लागू गर्ने र जनतामा किफायती, गुणस्तरीय स्वास्थ्य सेवा पु-याउँदै आएको छ ।
हेल्थ एट होमले घर–घरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया