Techie IT
×
गृहपृष्ठबिबिधनिगमले कोषलाई थप ३३ करोड ऋण ति-यो

निगमले कोषलाई थप ३३ करोड ऋण ति-यो


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लोपटक यही पुस २९ गते शुक्रबार कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ ।

कर्मचारी सञ्चय कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको रकम भुक्तानी गरिएको हो ।

विगतमा विविध कारणले सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि गत असार ३० गते एक अर्ब ३५ करोड रुपैयाँ र कात्तिक १ गते ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरिसकेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया