दोलखा । देशभरका तामाङ समुदायले २८५९औँ ह्योयी ल्हो (बिरालो वर्ष)सोनाम ल्होछारलाई विशेष पर्वको रूपमा मनाएका छन् । तामाङ समुदायले नयाँ वर्षको रूपमा हरेक वर्ष माघ शुल्क प्रतिपदाका दिन सोनाम ल्होछार पर्व मनाउँदै आएका छन् ।
यस्तै दोलखाका तामाङ समुदायले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर सोनाम ल्होछार मनाएका छन् । जिल्लाका तामाङ बाहुल्य रहेका क्षेत्रहरू बैतेश्वर, शैलुङ, विगू, गौरीशंकर, मेलुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षको स्वागत गरिएको छ । ल्हो अर्थ वर्ग अर्थात् वर्ष हो भने, छारको अर्थ नयाँ भएकाले ल्होछारलाई तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने गरेका छन् । बिरालो वर्षको रूपमा यस वर्षको सोनाम ल्होछार मनाएर नयाँ वर्षलाई स्वागत गरिएको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेका स्थानीय किरण तामाङले बताए । तामाङका अनुसार प्रत्येक वर्ष एक÷एक वटा जनावर तथा चराचुरुङ्गीको नाममा फेरिने ल्हो अर्थात् वर्गअनुसार बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको हो । सोनाम ल्होछार पर्वलाई उत्सवको रूपमा माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेष गरेर तामाङहरूको घरघरमा दुई दिन भव्यरूपमा ल्होछार मनाउँदै आएका छन् ।
ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी दज्र्यु गाड्ने, छो प्रसाद वितरण गर्ने शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, लामा पढाउने, होम गर्ने, चेलिबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा सांस्कृतिक कार्यक्रम गर्ने गरिएको बैतेश्वर मिर्गेका लोक बहादुर तामाङले बताए । मिर्गेका तामाङ समुदायहरूले पनि तामाङ समुदायको सांस्कृतिक झल्काउने डम्फू बजाएर प्रसाद बाडेर बुद्ध मूर्तिमा सगुन चढाएर तामाङ गीतमा रमझम गर्दै एक–आपसमा शुभकामना आदानप्रदान गरेर ल्होछार मनाएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया