Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारविराट राजाको दरबारको सरसफाइ अभियान सञ्चालन

विराट राजाको दरबारको सरसफाइ अभियान सञ्चालन


मोरङ । विराटनगर महानगरपालिका–१८मा रहेको विराट राजाको दरबार आइतबार सरसफाइ गरी रङरोगन गरिएको छ । महानगरपालिकाले स्वदेशी तथा विदेशी पर्यटकलाई दरबार क्षेत्रमा आकर्षित गराउन सरसफाइ अभियान नै सञ्चालन गरेको हो ।

सो अभियानमा महागनरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, विभिन्न वडाका अध्यक्ष, जनप्रनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै विभिन्न सङ्घ संस्थाका र राजनीतिक दलहका प्रतिनिधिको सहभागिता थियो ।

नगरलाई हाम्रो र राम्रो बनाउने उद्देश्यले सरसफाइ तथा सुन्दर बनाउन लागिएको महानगरप्रमुख कोइरालाले जानकारी दिए । उनले दरबार क्षेत्रकोे संरक्षणका लागि स्थानीयवासीकोे सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे ।

दरबार क्षेत्रको ठूलो महत्व रहेकोले यस क्षेत्रको वृहत्तर विकासका लागि थप बजेट सङ्घीय सरकारले उपलव्ध गराउनुपर्नेमा महानरउपप्रमुख कार्की र वडा नं १८ का वडाअध्यक्ष जीतेन्द्र साहले जोड दिए।


क्याटेगोरी : पालिका समाचार, महानगर

तपाईको प्रतिक्रिया