Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकामिर्चैया नगरपालिकाद्वारा राहदानी वितरण सेवा सुरु

मिर्चैया नगरपालिकाद्वारा राहदानी वितरण सेवा सुरु


सिरहा । बुधबारदेखि स्थानीयस्तरबाटै सिरहाको मिर्चैया नगरपालिकाले राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ । मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई नगरप्रमुख श्रवणकुमार यादवले राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेको हो ।

स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् । नगरप्रमुख यादवका अनुसार अब पालिकावासीले राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ । उनले भने, “आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।” उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका

तपाईको प्रतिक्रिया