Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाकार्यसम्पादनमा उत्कृष्टता प्रस्तुत गर्दै सियारी

कार्यसम्पादनमा उत्कृष्टता प्रस्तुत गर्दै सियारी


बुटवल । सियारी गाउँपालिका, रुपन्देहीले पालिकाबाट हुने सेवा प्रवाहमा एकपछि अर्को उत्कृष्टता प्रस्तुत गर्दै कार्यसम्पादन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीका अनुसार गाउँपालिकाले विभिन्न सूचकांकहरूमा उत्कृष्टता नतिजा प्राप्त गरेको छ ।

सीमित स्रोत र साधनमा बाबजुत पनि उच्चतम प्रतिफल दिने हिसाबले कार्यसम्पादन गरेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत पन्थीले गाउँपालिकाको मूल्याङ्कन गर्ने धेरै आधारहरू हुने र ती सबै आधार तथा सूचकांकहरूमा पालिकाले धेरै प्रगति गर्दै अगाडि बढेको बताए । बजेट खर्च गर्नेमा पनि रुपन्देहीका स्थानीय तहहरूमा सियारी पहिलो भएको उनको दाबी छ । यस्तै बेरुजु पनि अति न्यून हुँदै गएको उनले जानकारी दिए । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा जिल्लाका दश वटा गाउँपालिकामध्ये सियारी पहिलो हुन सफल भएको छ ।

जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्नु स्थानीय तहको मुख्य जिम्मेवारी भएको प्रमुख प्रशासकीय अधिकृत पन्थी बताउँछन् । गाउँपालिकाले उत्पादनमा आधारित अनुदानलाई प्राथमिकतामा राखेको छ । साना किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पालिकाले अधिक्तम दश कठ्ठा माछापालन गर्ने कृषकलाई प्रति केजी पाँच रुपैयाँ र दुधमा प्रति लिटर दुई रुपैयाँ ५० पैसा, यान्त्रीकरणमा ५० प्रतिशत, घाँसको बीउमा ५० प्रतिशत अनुदान दिने गरेको छ । चालू आर्थिक वर्षमा भौतिक प्रगति धेरै भए पनि उल्लेख्यरूपमा वित्तीय प्रगति हुन नसकेको लेखा अधिकृत नारायण पौडेलले बताए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया