Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकावैतेश्वरमा थप छ किलोमिटर सडक ढलान

वैतेश्वरमा थप छ किलोमिटर सडक ढलान


दोलखा । वैतेश्वर गाउँपालिकाले चालू आर्थिक वर्षमा थप छ किलोमिटर सडक ढलान गरेको छ । पालिकाले प्रत्येक आर्थिक वर्षमा पालिकाभित्र रहेको विभिन्न सडकहरूमा कम्तीमा एक किलोमिटरका दरले सडक ढलान गर्ने लक्ष्य लिएको छ ।

सोहीअनुसार पालिकाले सडक ढलान कार्यलाई तीव्रता दिएको छ । बुस्ती–पुतलीकाठ सडकखण्डमा यस वर्ष थप एक किलोमिटर सडक ढलान गरिसकिएको छ । वडा नम्बर २ गैरीमुदी र वडा नम्बर ३ मिर्गेलाई सदरमुकाम चरिकोटसम्म जोड्ने मुख्य ग्रामीण सडकको रूपमा रहेको यस सडकखण्डमा गाउँपालिकाले आफ्नै लगानीमा ढलान गरेको हो । आवमा संघ र प्रदेश सरकारले समपूरक अनुदान उपलब्ध नगराएको कारण आफ्नै आन्तरिक स्रोतबाट दुई करोड बजेट विनियोजन गरेर सो सडक ढलान गरिएको गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया