Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकागोकर्णेश्वर नगरपालिकामा ‘गोकर्णेश्वर हेल्थ कार्ड’

गोकर्णेश्वर नगरपालिकामा ‘गोकर्णेश्वर हेल्थ कार्ड’


काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टमसहित ‘गोकर्णेश्वर हेल्थ कार्ड’ सुरु गरेको छ । नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी यो सेवा सुरु गरेको जानकारी दिएको हो ।

गोकर्णेश्वर नगरपालिको यो पछिल्लो अभ्यास मुलुककै समग्र स्वास्थ्य क्षेत्रका लागि कोशेढुङ्गा सावित हुने नगरप्रमुख दीपक रिसालले बताए । स्वास्थ्य सेवामा जोडिने सेवाग्राही, सेवा प्रदायक स्वास्थ्य संस्थाहरू तथा स्वास्थ्यकर्मीहरू, समन्वय र सुपरीवेक्षण गर्ने वडा कार्यालय एवम् नगरपालिकाले तोकेका सरोकारवालाहरूलाई एकीकृत प्रकृतिले जोडेर एक ‘पालिका स्वास्थ्य प्रणाली र मोडल’ बनाउने सफ्टवेयरको माध्यमबाट नगरवासीको स्वास्थ्य अवस्था तथा उपचारको जानकारीलाई एक विशिष्टीकृत युनिक हेल्थ आईडीको सहयोगबाट सुरक्षित राख्दै जाने उनले बताए । त्यसमध्ये अत्यावश्यक निश्चित हेल्थ रेकर्ड ‘क्युआर कोड’मार्फत बिरामी वा नागरिकले चाहेको अवस्थामा जुनसुकै स्थानबाट स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले प्राप्त गर्न सक्ने गरी ‘गोकर्णेश्वर हेल्थ कार्ड’ को परिकल्पना गरी सिस्टम तयार गरिएको रिसालले जानकारी दिए ।

स्वास्थ्यस्थिति र नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य सुविधाका दृष्टिले फरक वर्ग र तप्काजस्तै ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, खेलाडी, शिक्षक, रोग मुताविकका बिरामीलगायतलाई फरक–फरक कलर कोडिङ गर्न सकिने यस प्रणालीले नगरपालिकाको स्वास्थ्यसेवा प्रवाह र नीति निर्माणलाई तथ्याङ्कपरक तरिकाले व्यवस्थित गर्ने रिसालको भनाइ छ । स्वास्थ्य संस्थाको जिम्मेवारी तहअनुसारको विशेषता लिएर आफ्नो सेवा प्रवाह र त्यसको रेकर्ड राखी त्यसलाई एकीकृत गर्न सक्ने हुँदा बैंकहरूले सेवाग्राहीलाई सेवा सहज बनाएजसरी स्वास्थ्य सेवा दिइने उनले बताए ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया