Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकावडा सदस्यको बिजुलीको पोल ढलेर मृत्यु

वडा सदस्यको बिजुलीको पोल ढलेर मृत्यु


मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ नं. वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङको मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मङ्गलबार दिउँसो आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढल्दा लागेर उनी सख्त घाइते भएका थिए । घाइतलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा लैजादा त्याहाँ उनको उपचार सम्भव नभएपछि भरतपुरस्थित मेडिकल कलेज लगिएको थियो ।

भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा बुधबार बिहान उनको मृत्यु भएको प्रहरी भण्डारीले जानकारी दिए । मृतक तितुङको शव हाल सोही अस्पतालमा राखिएको र घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका

तपाईको प्रतिक्रिया