Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकागौरीशंकरको नाँ–गाउँमा सौर्य विद्युत् विस्तार

गौरीशंकरको नाँ–गाउँमा सौर्य विद्युत् विस्तार


दोलखा । जिल्लाको उत्तरी गौरीशंकर गाउँपालिका–९ को अतिविकट नाँ–गाउँमा पहिलो पटक सौर्य ऊर्जामार्फत विद्युत् विस्तार गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखा र गौरीशंकर गाउँपालिकाको अनुदान सहयोगमा सो गाउँमा सौर्य विद्युत् विस्तार गरिएको हो । ३० किलोवाट क्षमताको सौर्य विद्युत् विस्तार गरिएको सौर्य ऊर्जा विस्तार तथा निर्माण कम्पनी सनब्रिज सनस्टारका आयोजना निर्देशक कुमार बस्नेतले जानकारी दिए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया