Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाविद्युतीय सेवा प्रवाहमा अग्रगामी परिवर्तन गर्दै शुद्धोधन

विद्युतीय सेवा प्रवाहमा अग्रगामी परिवर्तन गर्दै शुद्धोधन


बुटवल । शुद्धोधन गाउँपालिका, रुपन्देहीले विद्युतीय सेवा प्रवाहमा विशेष जोड दिएको छ । गाउँपालिकावासीले अब आफूले लिने सेवाहरू विद्युतीय माध्यमबाट आफ्नो घरघरबाटै सेवा लिन पाउने भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलका अनुसार स्थानीयहरूले मोबाइल एप्लिकेसनमार्फत सेवा सुविधा प्राप्त गर्न पाउने भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत पोखरेलले गाउँपालिकाले विद्युतीय सरकार निर्माणका लागि द एसिया फाउन्डेसनसँगको सहकार्यमा पाँच वर्षे विकास कार्ययोजना ल्याइएको बताए । यस कार्यक्रमअन्तर्गत ३५ भन्दा बढी सेवाहरू ई–सिफारिसमार्फत सेवाग्राहीले पाउनेछन् । विस्तारै पालिकालाई पेपरलेस गभर्मेन्टमा लैजाने उद्देश्यअनुरूप सो कार्यक्रम सञ्चालनमा ल्याइएको उनले बताए । सेवाग्राहीले उक्त एप्लिकेसन डाउनलोड गरी त्यहाँ दिइने निर्देशनअनुसार कुनै पनि कुनाबाट आफूले चाहेको सेवा लिन सक्ने उनले बताए ।

यस्तै, गाउँपालिकाले इ–सेवासँगको साझेदारीमा डिजिटल भुक्तानी सेवा समेत सञ्चालनमा ल्याएको छ । प्रमुख प्रशासकीय अधिकृत पोखरेलले हाल इ–सेवासँग मात्र जोडिए पनि क्रमिकरूपमा अन्य वित्तीय संस्थाहरूसँग पनि जोडिएर सहजरूपमा भुक्तानी दिने व्यवस्था गर्न लागेको बताए । यस्तै, उनले डिजिटल नागरिक बडापत्र, किसान कार्ड रजिस्ट्रेसन, इ–सिफरिस प्रणालीलाई फागुन महिनाभित्र सञ्चालन गर्ने बताए । पाँच वर्षे विद्युतीय सरकार विकास योजनामा सार्वजनिक सवारी साधनहरुमा जीपीएस जडान, विद्यार्थीहरूको इ–हाजिरी प्रणाली, अनलाइन नक्सापास प्रणाली, डिजिटल घर नम्बर जडान, स्मार्ट अफिस म्यानेजमेन्ट प्रणाली, स्मार्ट ट्याक्स प्रणाली, अनलाइन दर्ता/चलानी प्रणालीलगायत करिब एक सयभन्दा बढी सेवाहरू रहेको उनले जानकारी दिए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया