Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिगठबन्धनको छेस्काले अड्याएको सरकार आफैं ढल्ने ओलीको टिप्पणी

गठबन्धनको छेस्काले अड्याएको सरकार आफैं ढल्ने ओलीको टिप्पणी


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जुनसुकै बेला ढल्न सक्ने टिप्पणी गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत आज(शुक्रबार) डडेलधुराको अमरगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका छेस्का अड्याएर सरकार बनेकोले जुनसुकै समयमा ढल्न सक्ने टिप्पणी गरेका हुन् ।

सरकारको जग नै कमजोर भएकोले जुनसुकै बेला ढल्न सक्ने भन्दै उनले भने, ‘यो सरकार कुनै समय आफैं पनि ढल्न सक्छ । यो कुनै खुट्टा भएको सरकार नै होइन, यो त गठबन्धनका छेस्का टेकाएर अड्याएको सरकार हो ।’ अहिलेको सरकारको कुनै सिद्धान्त, नीति र कार्यक्रम नभएको ओलीले बताए ।

अध्यक्ष ओलीले कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिराखेको आरोप लगाएका छन् । उनले भने, ‘यो सरकार माओवादीको नीति र प्रचण्डपथमा हिँड्न खोजेको छ तर सकिराखेको छैन ।’ त्यस्तै, राजतन्त्रका पक्षमा भइरहेको आन्दोलनलाई लक्षित गर्दै उनले देश अब पछाडि फर्किन नसक्ने ठोकुवा गरे । ‘देश अब पछाडि फर्किन सक्दैन, अब अगाडि बढ्छ’, भन्दै उनले प्रतिगामी तत्वहरू १५ वर्षअघि मरेको राजतन्त्रको चिहान खनेर फेरि ल्याउँछु भनेर कुदेको आरोप लगाए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया