Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिप्रधानमन्त्रीद्वारा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग छलफल

प्रधानमन्त्रीद्वारा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग छलफल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्याउन प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार छुट्टाछुट्टै छलफल गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग छलफल गरेको जानकारी दिए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया