Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिबालकोटस्थित ओली निवासमा एमाले सचिवालय बैठक

बालकोटस्थित ओली निवासमा एमाले सचिवालय बैठक


भक्तपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार आकस्मिक रुपमा बसेको पार्टीको सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न तयार रहेको निष्कर्ष निकालेको छ ।

एमाले नेता प्रदीप ज्ञवालीले बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाउन तयार भए एमाले नयाँ ढङ्गले अघि बढ्न तयार रहेको बैठकले निष्कर्ष निकालेको बताए । उनले प्रधानमन्त्रीसँग नयाँ ढङ्गले छलफल गर्न सकिने बैठकले निर्णय गरेको जानकारी दिए ।

यसैबीच एमाले बैठक सम्पन्न भएलगत्तै बालकोटमा एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच छलफल भइरहेको छ । अध्यक्ष ओलीसँग छलफल गर्न राउत बालकोट पुगेका हुन् । ओलीका प्रेस संयोजक रामकृष्ण बजगाईले अध्यक्ष ओली र राउतबीच वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी रहेको जानकारी दिए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया