Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिएकीकृत समाजवादीको आलोकनगरमा केन्द्रीय सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको आलोकनगरमा केन्द्रीय सचिवालय बैठक बस्दै


काठमाडौँ । नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने र नहुने विषयलाई टुङ्गो लगाउन नेकपा (एकीकृत समाजवादी)ले बुधबार बिहान ११ बजे केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने जानकारी दिए ।

बैठकमा पार्टीले सत्ता समीकरणको उद्देश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तय गर्ने सचिव श्रेष्ठले बताए । पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेपका (माओवादी केन्द्र) र नेकपा (एमाले) ले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया