Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीनेपालमै पहिलोपटक एमआरसीपी युके पेसिस परीक्षा

नेपालमै पहिलोपटक एमआरसीपी युके पेसिस परीक्षा


काठमाडौं  । नेपालमै पहिलो पटक नेपाल मेडिसिटी अस्पतालमा एमआरसीपी युके पेसिस परीक्षा सञ्चालन गरिएको छ । बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाई परीक्षा सञ्चालन गरिएको हो । परीक्षा गत मंगलबारदेखि बिहीबारसम्म तीन दिन चलेको थियो ।

फेरेडेसन अफ द रोयल कलेज अफ फिजिसियन, युकेले तोकेको विश्वव्यापी मापदण्डअनुसार परीक्षा सञ्चालन गरिएको हो । परीक्षामा ४० जना परीक्षार्थीहरू सहभागी भएका थिए । जसमा नेपाल, बंगलादेश, मलेसिया, भारत र टर्कीबाट चिकित्सकहरूको सहभागिता रहेको थियो । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १२ जना परीक्षकहरूको उपस्थिति रहेको थियो । फेरेडेसन अफ द रोयल कलेज अफ फिजिसियन, युकेका प्रतिनिधिहरू डा तन्जीम रजा, डा डोनाल्ड फारुहार, डा फियोना क्लार्र्क, डा सत्यन राजभण्डारी र डा ग्राहम करी परीक्षा निरीक्षणका लागि आएका थिए ।

युके पेसिस परीक्षामा डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्न तथा विशेषज्ञतालाई थप निखार बनाई सिप परीक्षण गरिन्छ । यो फिजिसियन चिकित्सकहरूको प्रयोगात्मक परीक्षा हो । यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्ने पेसेस परीक्षा नेपालका लागि प्रमुख निरीक्षक तथा नेपाल मेडिसिटी अस्पतालका सिनियर कन्सल्टेन्ट डा नीरज जोशीले बताए । परीक्षामा पाँचवटा स्टेशनहरू राखिएका थिए, जसको माध्यमबाट परिक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सिप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्याङ्कन गरिएको थियो ।

एमआरसीपी युके चिकित्सकहरूको लागि विश्वव्यापीरूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सिप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरूले एमआरसीपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् । यो परीक्षा हुनुभन्दा अगाडि फेरेडेसन अफ द रोयल कलेज अफ फिजिसियन, युकेले तोकेको विश्वव्यापी मापदण्ड अनुसार परीक्षाको पूर्व अभ्यास पनि सञ्चालन गरिएको थियो । परीक्षकहरूलाई तालिम दिई परीक्षा सञ्चालन गर्न सक्ने बनाएपछि मात्र यो परीक्षा नेपालमा गरिएको हो ।

हाल धेरै चिकित्सकहरूले यो परीक्षा लिन र एमआरसीपी युके योग्यता पूरा गर्नका लागि बेलायतको यात्रा गर्नुपर्ने अवस्था थियो । नेपालमा यस परीक्षाको लागि केन्द्र खोलिँदा त्यस्ता सबै चिकित्सकहरूलाई आफ्नै देश या नजिकको केन्द्रमा परीक्षा दिने वातावरण बनेको छ । नेपाल मेडिसिटीमा एआरसीपि पेसेस परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्कविना अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरू खुल्नेछ । यसले लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्नेछ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3

तपाईको प्रतिक्रिया