Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगम्यानमारका सैनिक शासकको उन्माद प्रतिदिन बढ्दोे छ

म्यानमारका सैनिक शासकको उन्माद प्रतिदिन बढ्दोे छ


काठमाडौं । बर्माका जनताको अत्यधिक बहुमतबाट निर्वाचित म्यानमारकी नेतृ आङसाङ सुकीको सरकारलाई सैनिक शक्तिबाट बलात् अपदस्थ गरी बर्माका सैनिकहरु बर्मामा निर्दोष जनताको रगतको होली खेलिरहेका छन् । यसपटकको सैनिक शासनको यो अवधिमा कति मारिए, कति बेपत्ता पारिए, कति गाउँ जलाइए, त्यसको लेखाजोखा छैन ।

बर्माको विडम्बना के रह्यो भने, तत्कालीन प्रधानमन्त्री उनू र परराष्ट्रमन्त्री उवास्वेबीच झगडा भएकाले, जनरल नेविन सन् १९६२ मा मिलट्री कू गरी सत्तामा आए । सेनाले पाएको त्यो सत्ताको स्वाद आजसम्म बर्मी सेनाले, भुल्न सकेको छैन । बर्मी सेनाको स्थापना जनरल आङसानले गरेका हुन् । उनकै सेनाले आज उनकी छोरीलाई जेलमा हालेका छन् । आङसान बर्माका राष्ट्रपिता थिए । भारतमा महात्मा गान्धीको समान उनको सम्मान थियो । बर्मालाई स्वतन्त्र गराउने नेतृत्व उनले नै गरेका हुन् । आज यस्तो विडम्बना छ ।

स्व. वीपी प्रतिष्ठानले आङसाङ सुकीको सम्मानमा एउटा ठूलो समारोह टुँडीखेलको नेपाली सैनिक प्रतिष्ठानको सभाहलमा गरेको थियो । त्यो समारोहमा भावुक भएर अंग्रेजी भाषामा सूकिले दुईवटा कुरा भनेकी थिइन् । आजसम्म मलाई यत्तिका उपहार दिएर कतै पनि सम्मान गरिएको थिएन, मलाई काठमाडौं माइती नै आएजस्तो भएको छ । अर्को कुरा धेरै महत्वको थियो । नेपाली सेनाले नेपालको आएको लोकतन्त्रलाई सम्मानपूर्वक आत्मसात् गरेको छ । नेपाली सेनाका जनरलहरुलाई यही मञ्चबाट म आग्रह गर्न चाहन्छु । तपाईंहरु हाम्रा जनरलहरुलाई पनि, बर्मा आएको यो लोकतन्त्रलाई आत्मसात् गर्ने प्रेरणा दिनुहोस् । त्यसपछि त के थियो बर्माका जनरल सुकीमाथि झनै क्रुद्ध भए । बहुमत प्राप्त सुकीको लोकतान्त्रिक सरकारलाई बन्दुकको बलमा अपदस्थ नै गरिदिए ।

No description available.

आङसाङ सुकीलाई बर्मी सैनिकले भर्खरै भ्रष्टाचारको आरोपमा २६ वर्षको जेल सजाय सुनाएको छ । भ्रष्टाचारको आरोप पनि सुन्दै हाँस उठ्ने छन् । सेनाका जनरलले गरेको भ्रष्टाचारको पोल नखुलोस् भनेर सेना यसो गर्दै छ । चाइनाबाट र अन्य स्थानबाट खरिद गर्ने हतियारको कमिसन चाइनाबाट दिएको पेट्रोल, ग्याँस र टिकजस्ता अमूल्य काठ, सुन, रुबी (हिरा)बाट सेनाले विदेशी बैंकमा जम्मा गरेको कालो धनको हिसाबकिताब आजसम्म पारदर्शी छैन । सेनाको डर यही हो ।

भर्खरै राष्ट्र संघका मानवअधिकारी टम एन्डुसलाई राष्ट्रसंघले म्यान्मारको मानव अधिकारको विवेचना र विश्लेषण गर्न पठाएको थियो । उनको रिपोर्ट धेरै डरलाग्दो छ । राष्ट्र संघको मानव अधिकार आयोगमा उनले दिएको रिपोर्टमा भनिएको छ । बर्मी सेनालाई यस्तै मनपरी गर्न दिने हो भने बर्माको बर्बरताले सारा सीमा पार गर्नेछ । त्यहाँ लोकतन्त्र मात्र होइन, अल्पसंख्यक रोहिंगा मात्र होइन । अन्य आदिवासी जनजाति छिन, कचित, करिन, जस्ता कोही रहने छैनन् । रिपोर्टमा यो पनि भनिएको छ । चीन र रुसले लगातार बर्मालाई हतियार सप्लाइ गरिरहेका छन् । बर्मालाई प्रभावकारी कदम राष्ट्र संघले उठाउनुपर्छ । एउटा कुरा स्मरणीय के छ भने, राष्ट्र संघका महासचिव उटान बर्मी थिए र प्रभावशालीका रुपमा आफ्नो कार्यकाल पूरा गरे । नेपालप्रति उनको अगाध माया थियो । लुम्बिनी विकासको गुरुयोजना उनैको देन हो ।

अब आङसाङ सुकीलाई लगाइएका आरोप, उनले वकीटकी राखिन अरे । देशको गोपनीयता उल्लंघन गरिन् अरे । त्यो के–कस्तो र काँहा कसरी गरिन्, त्यो सेना भन्दैन । उनलाई थुनेको घरलाई नै सेनाले कोर्ट बनाएको छ । भनेको वकिल राख्न दिन्न । चुनावमा ठगिन भन्छ, के ठगिन जनताको अपार जनसागर उर्लेको थियो चुनावमा जनताको मतले जितेको हुन् । आमाको नाममा संस्था बनाए र ठगिन भन्छ । नेपिडो नयाँ राजधानीका जग्गामा दलाली गरिन् भन्छ । अब त कुख्यात तस्करबाट पाँच लाख ५० हजार डलर लिइन् भन्छ । हरे शिव ! यो विमिस्टेकको सदस्य राष्ट्रका कुख्यात सेनाबाट नेपाले पनि म्यामा (वर्मा)लाई बचाउनु पर्दैन ?


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया