प्राइम लाइफद्वारा आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बीमा
काठमाडौं, वैशाख १६
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारीहरूको कोरोना बीमा गरेको छ । कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारीहरूको प्रतिव्यक्ति एक लाख रूपैयाँको दरमा कोरोना बीमालेख प्रदान गर्ने निर्णय गरेको हो । हाल विश्वव्यापीरूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको कम्पनीले जनाएको छ । साथै कम्पनीले बीमा समितिबाट सञ्चालनमा आएको कोभिड १९ रोगको संक्रमणसम्बन्धी बीमा गर्ने निर्णय गरेकोे समेत गरेको जानकारी समेत कम्पनीले दिएको छ ।
चुक्ता पुँजी दुुई अर्ब ७९ लाख ३९ हजार रूपैयाँ कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १५ करोड ६० लाख ५४ हजार रूपैयाँ खुुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा नौ करोड पाँच लाख २६ हजार रूपैयाँ रहेको थियो । चालू आवको दोस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १५ रूपैयाँ ५४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ५८ रूपैयाँ ४६ पैसा रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया