नेशनल माइक्रोफाइनान्सद्वारा ४८ लाख रुपैयाँको खाद्यान्न सहयोग
काठमाडौं, वैशाख १८
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ४८ लाख रुपैयाँबराबरको खाद्यान्न सहयोग गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत अति विपन्न परिवारलाई हालसम्म उक्त रकमबराबरको खाद्यान्न सहयोग गरेको हो । संस्थाका अनुसार स्थानीय निकायहरुको समन्वयमा हालको विपत् अवस्थामा दैनिक दुई छाक टार्न पनि समस्यामा परेका अति विपन्न पाँच हजार एक सय तीन घर परिवारहरुलाई खाद्यान्न सहयोग गरिएको हो ।
खाद्यान्न वितरणअन्तर्गत संस्थाले प्रतिपरिवारहरुलाई १५ केजी चामल, एक केजी दाल, एक केजी नुन र एक प्याकेट खाने तेल उपलब्ध गराएको छ । संस्थाको मुख्य कामहरू कर्जा, बचत, बीमा, रेमिट्यान्स रहे पनि संस्थाले सामािजक उतरदायित्वअन्तर्गत हाल विश्वव्यापी कोभिड १९ ले प्रभावित संस्थाको ४७ जिल्लाहरूअन्तर्गतको ६५ वटा शाखा कायार्लयहरूमा आवद्द रहेका ९० हजार घरधुरी अन्तरगत पाँच हजार एक सय तीन जनालाई राहत वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।
संस्थाको हालसम्म बिभिन्न जिल्लामा छरिएर रहेका ६५ वटा मार्फत ९० हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म संस्थाले एक अर्ब ६० करोड रुपैयाँ बचत संकलन गरी सात अर्ब २५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । संंस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा नौ करोड २५ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा पाँच करोड ७२ लाख ४६ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा भने एक अर्ब ४८ करोड ७६ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९३ करोड ३२ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ७२ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड १८ लाख चार हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संंस्थाले ९७ करोड ५१ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ९१ करोड ४८ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ४३ लाख ४८ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ८१ लाख ३८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुुपात एक दशमलव ४८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया