अमेरिका, वैशाख १८
अमेरिकी विमान निर्माता बोइङले रोजगारी कटौती गर्ने भएको छ । कम्पनीले पहिलो त्रैमासिकमा घाटा व्यहोर्ने स्थितिमा पुगेपछि उक्त निर्णय गरेको अमेरिकी केबल न्युज नेटवर्कले जनाएको छ । विश्व महामारी कोरोनाभाइरसका कारण विश्वकै पर्यटन, हवाइ, होटल क्षेत्रहरु नराम्ररी प्रभावित भइराख्दा बोइङको निर्णय बाहिरिएको हो । यात्रा प्रतिबन्धका कारण विश्व हवाइ क्षेत्र ठप्पप्रायः बनेका छन् । ७३७ म्याक्स जेटका दुई दुर्घटनाका कारण आलोचित बनिरहँदा बोइङले महामारीको समेत सामना गरेको छ । कम्पनीले कुलमध्ये १० प्रतिशत रोजगारी कटौती गर्नेछ ।
खासगरी यसको असर बोइङको व्यावसायिक विमान युनिटमा पर्नेछ । जहाँ १५ प्रतिशत रोजगारी गुम्नेछ । यसैबीच कम्पनीले ७८७ ड्रिमलाइनर र ७७७ सिरिजका विमानहरु पुनः उत्पादन गर्ने भएको छ । माग बढेको कारण यसो गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना मुख्य आम्दानी क्षेत्रबाट १ अर्ब ७० करोड डलर गुमाइसकेको छ । म्यासजेट विमानहरु महामारीअघि नै ग्राउन्डेड हुँदा यसको असर समेत कम्पनीलाई परेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लगानी सम्मेलनपछि गर्नुपर्ने कामहरू
- श्रमिक अस्पताल निर्माण गर्न माग
- पशुपतिनाथको जलहरी प्रकरणमा तीन जनालाई सफाइ
- नबिल बैंकको वीरगञ्ज शाखाबाट करिब डेढ करोड चोरी
- आर्थिक वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने
- निर्यात अनुदानबापत चार अर्ब लिँदै उद्योगी
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- डिजेल र मट्टीतेलको मूल्य घट्यो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया