तिनाउ मिसन डेभलपमेन्ट बैंकको नाफामा उच्च वृद्धि
काठमाडौं, वैशाख १९
तिनाउ मिसन डेभलपमेन्ट बैंकको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा १० करोड ४६ लाख ८६ हजार छ सय पाँच रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने पाँच करोड ३१ लाख ५४ हजार दुुई सय ४५ रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा चार करोड सात लाख ४८ हजार २४ रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी एक अर्ब ६७ करोड ५८ लाख २७ हजार २६ रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा १४ अर्ब १७ करोड ६१ लाख ६३ हजार सात सय ६३ रूपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ३१ करोड २७ लाख ५८ हजार तीन सय ९२ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३३ करोड २१ लाख ४३ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले पाँच अर्ब १७ करोड ३८ लाख दुुई हजार चार सय ९५ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३३ करोड ७३ लाख ६१ हजार पाँच सय एक रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ६० लाख ७८ हजार आठ सय ६० रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा शून्य दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया