सौभाग्यजंग कार्की फाउण्डेसनद्वारा राहत वितरण
ललितपुर, वैशाख २२
सौभाग्यजंग कार्की (एसजेके) फाउण्डेसनले राहत वितरण गरेको छ । संस्थाले शनिबार ललितपुरको महालक्ष्मी नगरपालिका क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका र असहाय परिवारलाई राहत सामग्रीअन्तर्गत दैनिक उपभोग्य वस्तुुहरु रहेको गरेको हो । संस्थाका अनुसार राहतस्वरुप सर्वसाधारणहरुलाई प्रतिपरिवार १० किलो चामल, एक लिटर खाने तेल, दुुई किलो सेतो केराउ, एक/एक प्याकेट मस्यौरा, एक प्याकेट नुुन र एउटा साबुुन दिइएको हो ।
संस्थाले वितरण गरेको कुुल राहतमा ४० प्रतिशत आर्थिक अवस्था कमजोर भएका स्थानीय नागरिकहरुलाई, ४० प्रतिशत भाडामा बसेर दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई र बाँकी २० प्रतिशत एकल महिलाहरुलाई राहत सामग्री सहयोग गरेको हो । यसअघि पनि उक्त संस्थाले यही वैशाख ६ गते शनिबार प्राडा सौभाग्यजंग कार्कीको जन्म जयन्तीको उपलक्ष्यमा दैनिकरुपमा खानलाई समस्या परेका ज्यालादारी मजदुरहरुको लागि खाद्य सामग्री सहयोग गरेको थियो । स्वर्गीय कार्कीका ज्वाइँ नविन सापकोटा, छोरी सिपी कार्की, छोराहरुबाट प्राप्त नगद सहयोगबाट खाद्य सामग्री खरिद गरी असहायहरुलाई राहत वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया