Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजीई एभिएसनले २५ प्रतिशत रोजगारी कटौती गर्ने

जीई एभिएसनले २५ प्रतिशत रोजगारी कटौती गर्ने


अमेरिका, वैशाख २३
जनरल इलेक्ट्रिक कम्पनी (जीई)ले विश्वव्यापी रुपमा रहेकामध्ये केही रोजगारी कटौती गर्ने भएको छ । कम्पनीले आफ्नो उड्डयन युनिटतर्फ यो वर्ष २५ प्रतिशत अर्थात् १३ हजार रोजगारी कटौती गर्ने निर्णय गरेको हो । महामारीका कारण हवाइ कम्पनीहरुले धेरै मार भोगिरहेका बेला कम्पनीको निर्णय सार्वजनिक भएको हो । यो क्षेत्र सन् २०२१ यता तंग्रिने सम्भावना कमै रहेको छ । अमेरिकामा हवाइ यात्रु माग ९५ प्रतिशतले कमी आएको छ ।

गत हप्तामात्रै बोइङले १० प्रतिशत अर्थात् १६ हजार रोजगारी कटौती गर्ने निर्णय गरेको थियो । त्यस्तै हवाइ सामग्री आपूर्तिकर्ता स्पिरिट एरो सिस्टम होल्डिंग्सले शुक्रबार कान्सासमा थप १ हजार ४ सय ५० रोजगारी कटौती गर्ने भएको छ । निर्णयसँगै पछिल्लोपटक जीईको सेयर ४ प्रतिशत अर्थात् प्रतिकित्ता ६.२३ अमेरिकी डलरले घटेको रोयटर्सले जनाएको छ । उसले गर्नलागेको रोजगारी कटौतीले कम्पनीको ३ अर्ब डलर जोगिने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x