सेञ्चुरी कमर्सियल बैंकको तेस्रो त्रैमासिक नाफा ९१ करोड ५५ लाख
काठमाडौं, वैशाख २९
सेञ्चुरी कमर्सियल बैकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९१ करोड ५७ लाख ७९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६१ करोड छ लाख ७१ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५९ अर्ब ९९ करोड ४७ लाख ७५ हजार रूपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब आठ करोड ९३ लाख २९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ९८ करोड एक लाख ३४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । कर्जा तथा निक्षेपबिचको ब्याजदर अन्तर (स्प्रेड दर) चार दशमलव ७७ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने १३ करोड ४१ लाख १५ हजार रूपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैकले ६० अर्ब २७ करोड ६४ लाख ९६ हजार रूपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब आठ करोड ९३ लाख २९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९७ करोड १७ लाख २१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ९६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया