काठमाडौं, वैशाख ३०
काठमाडौंको लाजिम्पाटमा रहेको भाइभ लाउञ्जले राहत सामग्री वितरण गरेको छ । लाउञ्जले संस्थागत सामाजिक उत्तरदायित्यअन्तर्गत अमर श्रेष्ठ, निमा पाख्रिन, अतित श्रेष्ठ र भाइभ लाउञ्ज परिवार समेतको सहकार्यमा लाजिम्पाट आसपासका क्षेत्रमा बस्ने तेस्रो लिंगीहरुलाई राहत सामग्री वितरण गरिएको लाउञ्जका प्रबन्धनिर्देशक निमा पाख्रिनले बताए ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीले अहिले सिँगो विश्वसहित नेपाल पनि लकडाउनमा छ । सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । यो लकडाउनमा विशेषगरी उपत्यकामा भाडामा बसेर दैनिक मजदुरी गर्ने नागरिकहरुले धेरै नै पीडित रहेका छन् । उनीहरुको पीडालाई सम्बोधन गर्ने धेरै व्यक्ति तथा संघ/संस्था स्थानीय निकायहरुले सहयोग गरेका छन् । तर यस क्षेत्रमा बस्ने तेस्रोलिंगीहरुलाई अहिलेसम्म कुुनै पनि संघ/संस्थाले सहयोग गरेको देखिएन । यो अवस्थामा हामीले व्यक्तिगतरुपमा केही रकम उठाएर उहाँहरुलाई दैनिक उपभोग्य सामग्री वितरण गरेका हौं’, भाइभ लाउञ्जका पाख्रिनले भने ।
उनले सबै जना अप्ठ्यारोमा परेको कारण लाउञ्जले चार जनाको परिवारलाई एक हप्ताको लागि पुुग्ने दाल, चामल, नुुन तेल लगायतका खाद्य सामग्री वितरण गरेको बताए । राहत वितण कार्यक्रममा प्रत्यक्षरुपमा सहभागी भएकी मानवअधिकारकर्मी समेत रहेको निलम पौडेलले योपटक आफूहरुले २५ जना तेस्रोलिंगीहरुलाई राहत वितरण गर्ने लक्ष्य लिएको बताइन् । सोहीअनुुसार २५ जनाको नामावली तयार गरे पनि अहिले १५ जना मात्र सहभागी भएको उनको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया