‘जलवायु परिवर्तनको मुद्दामा श्रमिकलाई बेवास्ता गरियो’
काठमाडौं । जलवायु परिवर्तनको मुद्दामा श्रमिकहरूलाई बेवास्ता गरेको श्रमिक सङ्गठनहरूहरूले गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ नेपाल आवद्ध परिषद् (आइटियुसी न्याक)ले पत्रकार सम्मेलन गरी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) सम्मेलनमा उठान गर्ने मुद्दामा श्रमिकको विषय सरकारले नसमेटेको गुनासो गरेको हो ।
आइटियुसी न्याकका अध्यक्ष विनोद श्रेष्ठले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभाव श्रम क्षेत्रमा परे पनि जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुनुपूर्व श्रमिक सङ्गठनसँग सरकारले कुनै परामर्श नगरेको बताए । जलवायु परिवर्तनसम्बन्धी विभिन्न क्षेत्रलाई छलफल तथा परामर्श गरेपनि श्रमिक सङ्गठनलाई बेवास्ता गरिएको उनको गुनसो छ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले जलवायु परिवर्तनले पर्यटन, कृषि, यातायात, निर्माण क्षेत्रमा व्यापक प्रभाव परेकाले कोपमा न्यायोचित रुपान्तरण हुनुपर्ने बताए ।
आइटियुसी न्याकले देशको जलवायु नीतिका कारण जोखिममा रहेको श्रमिकको जीवनको सुरक्षा गर्न, सङ्क्रमणकालीन योजना निर्माण गर्न, श्रमिकले पनि पर्यावरणीय परिवर्तन बढ्ने खालको गतिविधि नगर्न, रोजगारदाताले आफ्नो लगानीलाई दीर्घकालीनरूपमा सुरक्षित गर्न प्रदूषण बढ्ने खालका वस्तुको उत्पादन र त्यस्ता साधनको प्रयोगमा कमी गर्न आग्रह गरेको छ ।
यस्तै रुपान्तरणको योजनामा राज्यले नीति बनाउँदा श्रमिकको संरक्षण हुने गरी श्रमिकको प्रतिनिधित्व सुनिश्चितता आवश्यक रहेको आइटियुसी न्याकले उल्लेख गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 9
ताजा अपडेट
- महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका
- गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
- चार सवारी साधन दुर्घटना: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
- सत्तापक्षले विपक्षीको कुरा सुनीदिनुपर्यो: नेता डा. कोइराला
- सुपर कम्प्युटर बनाउँदै एलोन मस्क
- नासाद्वारा जलवायु परिवर्तनसम्बन्धी भू–उपग्रह प्रक्षेपण
- जीपीएस प्लस सुविधाअघि पारित गर्नुपर्ने अभिसन्धिमा सरोकारवालाको चासो
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया