विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४८ लाख बढी संक्रमित
जेनेभा, जेठ ६
कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ । विश्वभर २४ घण्टाको अवधिमा ८२ हजार २ सय ५७ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ९५ हजार ६०० जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टामा विश्वभर ३ हजार ६१८ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ८१९ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख ८३ हजारको स्वास्थ्य अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ६३६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत् छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ८३५ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या ९० हजार ९७८ पुगेको छ । कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ ।
विगत २४ घण्टामा इटालीमा १४५, स्पेनमा ८७ र फ्रान्समा ४८३ जनाको ज्यान गएको छ । दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १६ हजार १२२ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ४८५ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
- घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी: मन्त्री भण्डारी
- १९ सय ६० बिन्दुमा खुम्चियो सेयर बजार
- दुर्घटनामा एक विद्यार्थीको मृत्यु, आठ घाइते
- सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य हुँदैन: अध्यक्ष ओली
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
- पठाओले थप्यो कार प्लस सुविधा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया