खासगरी छिमेकी देश भारतका विभिन्न ठाउँमा गएर रोजगारी गर्दै आएका नेपालीहरूका लागि लकडाउनका यी ६० दिन धेरै नै दुःखद रहेका पाइयोे । त्यसो त नेपालमा पनि यो लकडाउनमा सबैभन्दा बढी कष्ट पाउने वर्ग श्रमिक नै रह्यो । तर, नेपालका श्रमिकहरू जे भए पनि आफ्नो भूमिमा थिए र उनका वरिपरि कतिपय सहयोगीहरूको उपस्थिति रह्यो । तर, भारतबाट संकटमा आफ्नो देश फर्किएर आएकाहरूको कष्ट त्योभन्दा भिन्न रह्यो । उता देश नै अर्काको छ र मान्छे पनि अर्कै । त्यस्तो समयमा जे–जस्तो संकट व्यहोर्दै नेपालीहरू आफ्नो देशको सीमामा आए त्यहाँ उनीहरूले झनै ठूलो कष्ट व्यहोर्न परेका समाचारहरू आइरहेका छन् । यस्ता समाचार आजको मात्र होइन । लकडाउन घोषणा भएको दिन चैत्र १० गतेदेखि लकडाउनको यो ६० दिन बित्दासमेत एकनासे नै रहे । यसको अर्थ हो, ६० दिनसम्म यस्तो समस्याको कुनै समाधान नै भएन ।
यहीबीचमा हो, प्रधानमन्त्रीले भारतका विभिन्न ठाउँबाट आएका यस्ता नेपालीहरूलाई सीमा क्षेत्रका भारतीय भूमिमा सुविधासम्पन्न होटलको व्यवस्था गरिदिएको तर उनीहरू उनीहरू दशगजामा आएर अनावश्यक रमिता देखाएको भनी आरोप लगाएका । उनको यो भनाइ वैशाख २ को एउटा अनलाइनमा प्रकाशित छ । प्रधानमन्त्रीको यो होटलको व्यवस्था गरिदिएको भन्ने दाबी आफैँ गलत थियो । सीमाक्षेत्रमा यतिठूलो सख्या अटाउने होटल हुने कुरा पनि थिएन । यो समय नेपालीहरू आफ्नो घर फर्किएका कुरा हुन् ।
भारतीय पक्षबाट स्वाभाविक छ हजारौ संख्याका नेपालीहरूलाई त्यसरी होटेलमा राखेर सम्मान गर्लान् भन्ने त्यो पनि १५–२०–२५ दिनसम्म । यो सम्भव पनि थिएन त्यसकारण प्रधानमन्त्रीको यो भनाइ आफैँमा त्यसबेला नै अतिरञ्जित लागेको थियो । पछि त यो कुरा आफैँ एउटा व्यंग्यजस्तो हुँदै आयो । भारतको क्वारेन्टाइनमा बसेकाहरूले नै भनिरहेका छन्, हिरासतबाट छुटेको झैँ भयो । पछिल्लो समय नेपाल प्रवेश गरका सबै यसै भनिरहेका छन् । जाजरकोट सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पसको क्वारेन्टाइनमा बसेकाहरूको भनाइलाई यो ठाउँमा उदाहरण मानियो । उनीहरू लामो समय भारतको त्यस्तो दुःखद बसाइ व्यहोरेर हालै मात्र नेपाल प्रवेश गरका हुन् । यो रिपोर्टमा भनिएको छ, भारत हुँदै देशका विभिन्न ठाउँबाट कठिनपूर्ण यात्राका बीच जाजरकोट पाइला टेकेकाहरूलाई अहिले घर पुगेझैँ भएको छ । यो घर भनेको के हो भन्ने चिनाउने काम पनि हो ।
भारतीय हेपाहा व्यवहारबाट धेरै पीडा खेपेको अवस्था वास्तवमा नै सामन्य थिएन । उनका अनुसार यस्तै खालको आफ्नै भूमिमा क्वारेन्टाइनमा बस्न पाएको भए जति दिन पनि बस्न सकिथ्यो । उता भारतमा तल्लोस्तरको व्यवहार गर्दा आक्रोश पैदा भए पनि सहेर बस्नुपरेको थियो । जब नेपालमा पाइला टेकियो, हाम्रो छाती गर्वले उँचो भएको थियो । भारतमा दुई महिनाअघि ६१ केजी तौल थियो भने अहिले ४१ केजीमा झरेका अवस्था छ । सरकारले लामो समयसम्म आफ्ना नागरिकको यो कष्टलाई सुनेन । प्रधानमन्त्री स्वयम उनीहरूलाई धेरै सुखसयलमा रखेको भन्ने भ्रममा परे तर त्यो सुख कस्तो थियो भने । उनीहरूले जीवनको आशै मारिसकेका थिए भन्छन्, अर्काको भूमिमा पीडाका साथ बसेको, अब भने बाँच्ने आश पलायो । यसो भन्दा उनीहरूका आँखाबाट खुशीका आँसु झरेका थिए । यतिखेर नेपाल आएकाहरूको भनाइअनुसार सरकार अब झनै सतर्क हुने बेला आएको छ । पहिले भारतीयहरूले नेपालीलाई खासै वास्ता नगरे पनि सीमा विवाद बढेसँगै निकै हेप्ने गरेको अनुभव छ, उनीहरूसँग ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया