अनलाइनमार्फत क्यासिनो गेम खेलाउने तीन युवा पक्राउ
काठमाडौं । अनलाइनमार्फत क्यासिनो खेलाउने तीन जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, सर्लाही बागमती नगरपालिका घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका बस्ने २१ वर्षीय निशानराज कार्की, सर्लाही बरथहवा नगरपालिका घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका बस्ने २५ वर्षीय निशान गौतम रहेका छन् ।
क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डालगायत एप्लिकेशनमार्फत विभिन्न खेलहरुमा अनलानमार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोली र पीआरसीबी ललितपुरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाईलसहित उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि प्रहरी परिसर टेकु पठाइएको जनाएको छ ।
क्याटेगोरी : साइबर सुरक्षा
ताजा अपडेट
- समस्या समाधानको थलोका रूपमा राष्ट्रियसभालाई स्थापित गर्नुपर्छ: अध्यक्ष दाहाल
- असोज पहिलो साता दशौँ संस्करणको फर्निचर एक्स्पो आयोजना हुने
- नेपाल वेयर हाउजिङ कम्पनीमा अन्न भण्डारणको कार्य सुचारु
- विशेष छुटको व्यवस्थासहित ईजी डेन्टल सञ्चालनमा
- बीवाईडी गाडी किन्दा बैंकबाट सहजरूपमा कर्जा पाइने
- कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता
- क्रेस्ट माइक्रो लाइफको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरूको भेला सम्पन्न
- राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया