कञ्चनपुरमा निषेधाज्ञा, गड्डाचौकी नाका भने खुल्ला
धनबहादुर जप्रेल
कञ्चनपुर, जेठ १३
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार बिहानैदेखि अर्को आदेश नभएसम्म अत्यावश्यक औषधोपचारबाहेक अन्य कामका लागि सुरक्षाकर्मीको परामर्शविना घरबाहिर ननिस्कन कञ्चनपुरवासीलाई निर्देशन दिएको हो । साथै यसअघि बन्द रहेको गड्डाचौकी नाका भने खुल्ला गरिएको छ । भारतीय सीमावर्ती क्षेत्रबाट अवैधानिक बाटो भएर नेपाल भित्रिन खोज्ने नेपाली नागरिकहरूको संख्या दिनप्रतिदिन बढ्न थालेपछि पश्चिमी सीमा नाका गड्डाचौकी खुल्ला गरी वैधानिक बाटोबाट भित्र्याउन लागिएको बताइएको छ ।
कञ्चनपुर जिल्लाको सीमावर्ती भारतीय क्षेत्रमा रहेका नेपालीहरूलाई गड्डाचौकी नाकाबाट औपचारिक रूपमा नेपाल ल्याइने भएकोले नेपाल प्रवेश गर्न चाहने सबै नेपाली नागरिकहरूले अनुशासित, मर्यादित भएर आउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ । गड्डाचौकी सीमा नाका भएर नेपाल आउने प्रत्येक व्यक्तिको विस्तृत विवरण संकलन गरिने भएकोले प्रत्येक व्यक्तिलाई दिइने विवरण फाराम अनिवार्यरूपमा भर्नु पर्ने छ । सो फाराम भर्न छुटाएको खण्डमा जिल्ला प्रवेश गर्दा कठिनाइ हुने भएकोले आफू पनि सो फाराम भर्न र अरुलाई पनि भर्न लगाउन हुन प्रशासनले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ ।
आइतबार साँझ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको बैठकले सोमबारबाटै लागू हुनेगरी अत्यावश्यक औषधोपचारबाहेक तरकारी बजार, फलफूल, खाद्यान्न पसलहरू, बैंकलगायत सम्पूर्ण व्यापार, व्यवसाय अर्को व्यवस्था नभएसम्मका लागि पूर्णरूपमा बन्द गराउने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया