किताब कापी समाउने हातले बगरका ढुंगा समाउँदै
आशिष बहादुर सिंह
बझाड., जेठ १३
कोरोना भाइरसका कारण विद्यालयहरु बन्द भएपछि कलिला नानीबाबुका हातमा किताबकापी खेलाउने बेला माछा मार्न खोली बगर जानुपरेको छ । विश्वलाई नै आर्थिक भौतिक तथा शैक्षिक संस्थामा पारेको प्रभावले कलिला बालबालिकाको पढाइमा पनि निकै असर पारेको देखिन्छ । सुगमका बालबालिकाको भन्दा दुर्गमका बालबालिकाको दैनिकी निकै फरक ढङ्गले बितेको नागरिक समाजका अगुवा धर्मजङ सिंह बताउँछन् । सुगम तथा सहरका बालबालिका अनलाइन कक्षा मार्फत शिक्षकसंग पढाइको बारे छलफल गरी घरभित्रै अभिभावकसँग बसी पढाइको अभ्यास गरिरहेका छन् तर विकट जिल्लाका बालबालिकको लकडाउन भने मेलापात र माछा मार्नमा नै बितेको छ ।
फोन समेत नलाग्ने ठाउँका बालबालिकालाई अनलाइन कक्षा भनेको आकाशको ताराजस्तै हो । विद्यार्थी सुबेर सिंहले भने, ‘विद्यालय बन्द भएको दुई महिनाभन्दा बढी भयो । हामीले परीक्षा दिन पाएका पनि छैन । पढेको कुरा पनि याद छैन, अब परीक्षामा के लेख्ने हो ? चिन्ता लाग्छ ।’ उनीजस्तै बालक अरुण रोकायाले पनि दुई कक्षाको परीक्षा दिएका थिए । उनको पनि नतिजा आएको छैन । ‘नतिजा कस्तो आउने हो अनि कुन किताब पढ्ने हो भनेर थाहा छैन’, उनले भने, ‘त्यसैले कहिले घर आँगनमै साथीहरुसँग खेल्छौँ, कहिले खोलातिर नुहाउन, माछा मार्न जान्छौँ ।’
शैक्षिक सत्र सुरु भई अहिलेसम्म विद्यालयमा पढाइ सुरु गर्ने बेला भइसक्यो तर यस वर्ष कोरोनाका कारण सम्पूर्ण देश नै अस्तव्यस्त बनेको छ । एसईई, प्लस टु तथा विश्वविद्यालय तहको परीक्षा पनि हुनसकेको छैन । परीक्षा भएका विद्यार्थीहरुको पनि नतिजा प्रकाशन हुनसकेको छैन । शिक्षण संस्था बन्द हुँदा ग्रामीण भेगतिरका बालबालिकाको पढाइ निकै कमजोर हुने शिक्षक ऐन बहादुर सिंहले बताए । बझाङका १२ वटा स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहले बालबालिकाको पढाइबारे कसैको पनि चिन्ता र चासो छैन । स्थानीय सरकारका जनप्रतिनिधिले समयमा शैक्षिक संस्थाबारे केही पहल नगरे बालबालिकाको भविष्यमाथि खेलबाड हुने जिल्लाका जानकार बताउँछन् । स्थानीय सरकारले बालबालिकाबारे सोचेर पहुँचमा भएका ठाउँमा अनलाइनबाट पढाइ गर्नुपर्ने र पहुँच नभएका ठाउँमा कुनै रेडियोबाट पनि सिकाउने प्रयासको थालनी गरिनुपर्ने स्थानीय समाजसेवी एवम् पूर्वशिक्षक लालबहादुर खड्काले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया