रेल विभागले पूर्व–पश्चिम रेलमार्गको स्थलगत अध्ययन गर्ने
चितवन । रेल विभागले पूर्व–पश्चिम रेलमार्गको स्थलगत अध्ययन गर्ने भएको छ । स्थानीयको चर्को विरोधपछि स्थगित भएको पूर्व–पश्चिम रेलमार्गको भरतपुर खण्डमा नयाँ रुटको अध्ययन गरिने भएको हो ।
रुट अध्ययनका लागि रेल विभागको महानिर्देशक रोहितकुमार बिसुरालसहितको प्राविधिक टोली बुधबार भरतपुर पुगेको छ । गत पुस २८ गते भरतपुर महानगरपालिकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा चितवनका सरोकारवालासँगको बैठकले वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने निष्कर्ष निकालेको थियो । विकल्पमा प्रस्तुत गरिएको दुई रुट टिकौली हुँदै आँपटारी र राप्ती तटीय क्षेत्र हुँदै गोलाघाट जोड्ने भनिएको रुटको टोलीले स्थलगत अध्ययन गर्ने जनाइएको छ ।
अध्ययनपूर्व भरतपुर महानगरपालिका सभाहलमा सरोकारवालासँग भएको छलफलले अबको नयाँ रुट निर्माण गर्दा भरतपुर महानगरपालिकाका प्राविधिसहित कम बस्ती भएको स्थान र कम क्षति हुने गरी पूर्व–पश्चिम रेल मार्गको रुट भरतपुरमा निर्माण गर्न सुझाव दिएका छन् । अध्ययन गर्ने टोलीले भरतपुरका राजनीतिक दल, विज्ञ, स्थानीय सरोकारवालासँगको समन्वयमा रुटको कार्यलाई अगाडि बढाउने छ । छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुराना अल्टरनेटिभ पाँच वटा रुटमा रेल मार्ग निर्माण गर्न नसकिने बताइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- बजेटमा महासंघको सुझावः भ्याटलाई १३ प्रतिशतबाट १० मा झार्नुपर्ने देखि स्टार्टअप उद्योगलाई १० वर्षसम्म आयकर छुट
- रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
- पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी
- ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान
- जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन
- पाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ
- पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम
- कामनपा वडा नम्बर १६ को कार्यालय भवन उद्घाटन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया