मेरो माइक्रोफाइनान्सद्वारा काभ्रेको राधाकृष्ण विद्यालयलाई सहयोग
काठमाडौं, जेठ १८
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विद्यालयलाई सहयोग गरेको छ । संस्थाले कोरोना भाइरसका कारण लकडाउन भएपछि दैनिक ज्याला मजदुरी गरेर खाने तथा न्यून आय भएकाहरूलाई आवश्यक खाद्यान्न सामग्री खरिद गर्नका लागि मदनदेउपुर नगरपालिका काभ्रेस्थित राधाकृष्ण घनश्याम आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।
विश्वभर फैलिएको कोरोना भाइरसले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि स्थानीय निकायको पहलकदमीलाई साथ दिन फाइनान्सबाट संस्थागत उक्तरदायित्वअन्तर्गत ५० हजारको चेक प्रदान गरिएको संस्थाले जनाएको छ । संस्थाले सो विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरूको परिवारलाई उक्त रकम बराबरको खाद्यान्न सहयोग गरेको समेत जनाएको छ । फाइनान्सका पाँचखाल शाखा कार्यालयका शाखा प्रबन्धक गिता अधिकारीले मदनदेउपुर नगरपालिका ५ का वडाध्यक्ष नारायण लम्साललाई उक्त चेक प्रदान गरेकी हुुन् ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको संस्थाले ५९ जिल्लमा एक सय २० वटा शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड ५८ लाख २९ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १० करोड १८ लाख २५ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५८ करोड तीन लाख सात हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब तीन करोड ६६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ३१ करोड ४१ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा संस्थाले एक अर्ब सात करोड ३६ लाख ८८ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३७ करोड ४८ लाख ८५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ८१ लाख १० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया