लघुवित्तपीडितसँगको वार्ता सहमति नजिक, शुक्रबार फेरि बस्ने
काठमाडौँ । आन्दोलनरत लघुवित्त वित्तीय संस्थापीडित संघर्ष समितिसँगको वार्ता सहमतिको नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्तपीडितहरुसँग आज साँझ छलफल गरेको र शुक्रबार बिहान पुनः बस्नेगरी सकिएको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ ।
‘आन्दोलनरत लघुवित्त वित्तीय संस्थापीडित संघर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा छलफल भएको छ । पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफलपछि दुवैपक्ष सहमति नजिक पुगेका छन्’, अर्थमन्त्रीको निजी सचिवालयले भनेको छ ।
मन्त्रालयद्वारा गठित वार्ता समितिले आज नै सहमतिका लागि प्रयास गरेको भए पनि लघुवित्तपीडितहरुले भोलिसम्मको समय मागेपछि आजको छलफल सकिएको हो । द्विपक्षीय छलफलमा लघुवित्तपीडितका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकबाट भएको प्रयासबारे जानकारी गराइएको थियो ।
त्यस्तै, राष्ट्र बैंकको नियमनभित्र रहेका लघुवित्त संस्थाहरुले तोकिएको भन्दा बढी ब्याज र सेवाशुल्क नपाउने व्यवस्था कडाइका साथ लागू भइरहेको जानकारी पनि राष्ट्र बैंकले गराएको छ । कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरणलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । नियामक नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशनविपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरुमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग पीडितहरुले उठाउँदै आएका छन् ।
सरकारबाट गठित वार्ता समितिमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, कानुन मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं र नेपाल राष्ट्र बैंकका प्रतिनिधि थिए । अर्थमन्त्री वर्षमान पुनले हिजो संघर्ष समितिसँग वार्ता गरी उनीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । त्यसैगरी, मन्त्रालयले यसअघि नै समस्याको टुङ्गो नलाग्दासम्म लघुवित्तका ऋणीलाई घर–घरमा गएर गैरकानुनी रुपमा बलजफ्ती नगर्न लघुवित्त सञ्चालकलाई निर्देशन पनि दिएको थियो ।
क्याटेगोरी : बिबिध
ट्याग : #page 2
ताजा अपडेट
- धनुषामा करेन्ट लागेर एकको मृत्यु
- हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
- झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
- जलेश्वर नगरपालिका : मेयर,उपमेयर र प्रमुख प्रशासकीय विरुद्ध भ्रष्टाचार मुद्दा
- कोशी प्रदेश : अपदस्थ मुख्यमन्त्री कार्की सर्वोच्चमा
- यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व सङ्कलन
- आर्थिक वर्षको बजेटले रुपान्तरणकारी योजना तथा कार्यक्रम ल्याउछ: अर्थमन्त्री पुन
- अर्थतन्त्र सुधार हुन निजी क्षेत्रको मनोबल बढाउँनु पर्छ : चेम्बर अध्यक्ष अग्रवाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया