दुई हजार ४८ बिन्दुमा खुम्चियो सेयर बजार
ट्रेडिङ बाहेक सबै सुचक रातै
काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन तीन दशमलव ३४ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि १५ दशमलव ३७ अंकले ओरालो लागेर दुई हजार ४८ दशमलव ५७ बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६१ अंकले ओरालो लागेर तीन सय ६५ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको ५२ हजार तीन सय १७ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ८५ लाख ५२ हजार सात सय पाँच कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ३१ करोड ३० लाख १७ हजार सात सय १३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये ट्रेडिङ उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- नयाँ एनसेल सेन्टर वीरगञ्जमा
- इन्ड्राइभको तालिम
- ‘नबिल डिवेन्चर २०८९’ निष्काशनका लागि नेपाल एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक
- ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता
- अमेरिका र क्यानडा पुर्याउने प्रलोभनमा साढे ५ करोड ठग्ने गिरोह नै पक्राउ
- कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने
- काठमाडौँ महानगरले स्वयम्भूको बुद्ध जयन्ती मेला व्यवस्थित गर्ने
- सङ्घले नेपालमा युरोपेली लगानी भित्र्याउन सघाउने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया