एकतिहाइ जनसङ्ख्या आर्थिक गतिविधिबाहिरै
राजनीतिक दलहरूले समृद्धिका कुरा गरेको धेरै भयो । नेपालमा गणतन्त्र स्थापना भएपछि संविधानसभाका लागि दुईसहित चार वटा आमनिर्वाचन भइसकेका छन् । यी आमनिर्वाचनका लागि सहभागी सबै राजनीतिक दलले घोषणापत्र जारी गर्दा पाँच÷दश वर्षमा देशलाई विकसित मुलुकमा परिणत गर्ने भन्ने उल्लेख भएका छन् । समृद्ध नेपाल सुखी नेपाली भन्ने त राजनीतिक नारा नै छ । त्यही नााराले गणतान्त्रिक संविधानअनुसारको पहिलो आम निर्वाचनमा एउटा गठबन्धनले करिव दुईतिहाइ नजिक हुने गरी मत पनि पायो र बलियो सरकार पनि चलायो । समृद्धिको प्राप्ती भने नारामामात्रै सीमित रहेका विवरणहरू आइरहेकै छन् । हालै सार्वजनिक भएको एउटा तथ्याङ्कअनुसार देशको पूरै एकतिहाइ जनसंख्या देशको मूल आर्थिक गतिविधिभन्दा बाहिर रहेको देखिएको छ । दुई करोड ३९ लाख नेपाली आर्थिक क्रियाकलाप गर्न योग्य छन् तर यो योग्यताअनुसार उनीहरूले यस्तो गतिविधिमा प्रवेश नै गर्न पाइरहेका छैनन् । कुल योग्य नागरिकको ३५ प्रतिशत आर्थिक गतिविधिमा नरहनु भनेको बेरोजगारीको संख्या बढ्नु हो ।
राष्ट्रिय तथ्याङ्क विभागको कार्यालयले हालै सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रतिवेदनमा यस्तो देखाएको हो । यो तथ्याङ्कअनुसार नेपालको आजको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार हो । यो कुल जनसंख्यामध्ये दुई करोड ३९ लाख नेपाली आर्थिक क्रियाकलाप गर्न योग्य छन् । यो योग्यताको प्रयोग गर्ने सर्त के हो भने त्यस्तो क्रियाकलापमा सरिक हुन पाउने अवसर राज्यले खडा गर्नुपर्छ । त्यस्तो अवसर सिर्जना नहँुदा योग्य जनसंख्याको ६५ दशमलव छ प्रतिशत नागरिक मात्रैले देशमा उपलब्ध विभिन्न प्रकारका आर्थिक क्रियाकलापमा आबद्ध हुन पाएका छन् । बाँकी प्रतिशत यसकारण दैनिक गुजारमा पनि समस्या भोगिरहेको अवस्था छ । त्यसैको संख्या हो ८२ लाख ६९ हजार । एक्काइसौं शताब्दीको पहिलो चौथाइ समय बितेको अवस्थामा समेत यति ठूलो जनसङ्ख्या आर्थिक गतिविधिमा संलग्न हुन पाएको छैन भने यसलाई सामान्य मान्न हुन्न । आर्थिक क्रियाकलापमा आबद्ध हुन योग्य मानिनु भनेको कुनै न कुनै काममा उनका दक्षता छन् । तर त्यसको उपयोग राज्यले गर्नसेको छैन । गएको पाँच छ वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको थियो । तर त्यो पनि प्रभावकारी हुन सकेन । रकम वितरण गरेर बेरोजगारी मेटिन्न भन्ने कुरा राजनीतिक तहमा महसुस नै भएन । बरु ऋणलिएर भए पनि बेरोजगारी भेट तर्फ लाग्यौ तर त्यसको प्रकृति भने रकम वितरणकै शैलीको थियो । अहिले यो कार्यक्रम असफल भएकोमध्येमा पर्छ ।
उल्लेखित तथ्याङ्कअनुसार एक करोड १४ लाख ९३ हजार पुरुष र एक करोड २४ लाख ६ हजार महिला आर्थिक क्रियाकलाप गर्न योग्य छन् । यी सबैलाई कुनै न कुनरुपले आर्थिक क्रियाकलापमा सरिक गराइने हो भने वास्तवमा समृद्धिको यात्रा यहीँबाट सुरु हुने थियो । आर्थिक क्रियाकलापमा योग्य नागरिकबाट समान कामले नै देशलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउँछ । झन् पछिल्लो समय त देशमा आर्थिक क्रियाकलाप घटदै गएका छन् । बैकको ऋण प्रवाहदेखि व्यापार कारोबार घट्नु आदि यसका केही उदाहरण हुन् । यस्तो सक्षम जनशक्ति देशमा बस्न मानिरहेको छैन । यसको पनि कारण आर्थिक क्रियाकलापको वातावरण झन्झन् घट्दै जानु पनि हुन सक्छ । नीतिनिर्माताहरूको ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमडीको आवरणमा कुलमानले गरे प्रसारण लाइन र सबस्टेसन निर्माणको ठेक्का कब्जा
- सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया