अमेरिकामा करोडपतिको जनसंख्या ३५ प्रतिशत बढ्यो
वासिङ्टन डिसी । अमेरिकामा विगत पाँच वर्षमा करोडपतिहरुको जनसंख्या ३५ प्रतिशत बढेको छ । हेन्ले एन्ड पार्टनर्स र न्यू वर्ल्डले सार्वजनिक गरेको सन् २०२४ को यूएस वेल्थ रिपोर्टअनुसार अमेरिकामा ५५ लाखभन्दा बढी अमेरिकीहरु करोडपति छन् ।
रिपोर्टअनुसार पाँच वर्षमा अमेरिकी करोडपतिहरुको जनसंख्या दोब्बरले बढेको छ । अहिले विश्वका ३७ प्रतिशत डलर करोडपतिको घर अमेरिकामा छ ।अमेरिकामा १० करोड डलर वा सोभन्दा बढी सम्पत्ति हुने अर्बपतिहरुको जनसंख्या नौ हजार आठ सय ५० छ । जब कि चीनमा यस्तो जनसंख्या दुई हजार तीन सय ५२ छ ।
अर्बपतिको जनसंख्या पनि अमेरिकामा सबैभन्दा धेरै छन् । अमेरिकामा सात सय ८८ जना अर्बपति छन् भने चीनमा तीन सय पाँच जना छन् । रिपोर्टअनुसार अमेरिका निजी सम्पत्ति निर्माण र सञ्चयमा विश्वको प्रमुख मुलुक बनेको छ ।
विश्लेषकहरुले चीनमा कोभिड १९ रोकथामका लागि कडा नाकाबन्दी गरेपछि निजी क्षेत्रमा सरकारी हस्तक्षेप बढेकाले सम्पत्ति वृद्धि सुस्त भएको छ । यही कारण अमेरिकालाई फाइदा भएको छ । रिपोर्टअनुसार सन् २०२३ मा चीनबाट १३ हजार पाँच सय चिनियाँ करोडपतिले चीन छाडेर नयाँ मुलुकमा बासोबासका लागि पुगेका छन् भने अमेरिकामा दुई हजार दुई सय करोडपतिहरु बाहिरी मुलुकबाट प्रवेश गरेका छन् । अमेरिकामा सन् २०२४मा तीन हजार पाँच सय करोडपतिहरु प्रवेश गर्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
- घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी: मन्त्री भण्डारी
- १९ सय ६० बिन्दुमा खुम्चियो सेयर बजार
- दुर्घटनामा एक विद्यार्थीको मृत्यु, आठ घाइते
- सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य हुँदैन: अध्यक्ष ओली
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
- मोरङ व्यापार संघको अध्यक्षमा अनुपम राठी निर्विरोध
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया