पोखरी निर्माणकार्यमा अनियमितता भएको स्थानीयको आरोप
अमित ठाकुर
रौतहट, जेठ ३०
रौतहट जिल्लाको राजदेवी नगरपालिकाको वडा नंबर ८ मा रहेको पोखरीमा पर्खाल र भ¥याङ्ग निर्माण कार्यमा व्यापक अनियमितता भएको स्थानीयले बताएका छन् । निर्माण कार्यमा अनियमितता भएको भन्दै उनीहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डे, इन्जिनियर, ओभरसियरसहित वडाध्यक्ष शंकर राय यादवलाई कानुनी कारबाही गर्न माग गरेका छन् । वडाध्यक्ष यादवको कुनै पनि कार्यमा सही नरहेको भन्दै स्थानीयहरुले वडाध्यक्ष यादवविरुद्ध उत्रेका हुन् । आधारभूत विद्यालयको छेउमा रहेको सानो पोखरीको सौन्दर्यीकरण गर्न गतवर्ष प्रदेश सरकारले २५ लाख रुपैयाँ दिएको थियो । सो कार्य गर्न उपभोक्ता समिति गठन गरी पर्खाल निर्माण तथा भ-याङ्ग ढलानका लागि जिम्मेवारी दिएको थियो ।
समितिका अध्यक्ष ब्रहमदेव यादवले सो कार्यमा सिमेन्ट, बालुवा र प्रयोग हुने इँट्टा दोस्रो क्वालिटीको गरेपछि उक्त निर्माण कार्यमा अनियमितता भएको स्थानीयको भनाइ छ । वडाध्यक्ष यादवले पोखरी सौन्दर्यीकरण बढाउन यस वर्ष थप २० लाख रुपैयाँ समावेश गरेका थिए । पोखरीको डिपिआर बढी भएको र अहिले पर्खाल र भ-याङ्ग निर्माण कार्यमा व्यापक अनियमितता भएको कारणले नै ठाउँ–ठाउँमा पर्खाल चर्केको र पर्खाल बाङ्गोसमेत भएको उनीहरुको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया