आरएमडीसी लघुुवित्तद्वारा अनाथ आश्रमलाई सहयोग
काठमाडौं, जेठ ३२
आरएमडीसी लघुवित्त वित्तीय संस्थाले अनाथ आश्रमलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कम्पनीको इटहरी शाखामार्फत इटहरी उप महानगर पालिका वार्ड नं.४ स्थित असहाय बालबालिका सेवा आश्रमलाई राहत वितरण गरिएको संस्थाले जनाएको छ ।
संस्थाले लकडाउनका कारणले अनाथ आश्रममा रहेको ४१ जना बालबालिकाहरूको आहार विहारमा परेको असहजतालाई न्यूनीकरण गर्न संस्थाले ६० हजार रूपैयाँ बराबरको खाद्यलगायतका सामग्रीहरू हस्तान्तरण गरेको हो । उक्त सामग्री इटहरी उमनपा वार्ड नं. ४ का वडा अध्यक्ष चन्द्रप्रसाद भट्टराई, वडा सदस्यहरू शान्तिराम गौतम र पार्वता बराइलीको रोहबरमा संस्थाको इटहरी शाखाका शाखा प्रबन्धक गोविन्दप्रसाद पौडेलले आश्रमकी अध्यक्ष गीता गौतमलाई हस्तान्तरण गरेका थिए ।
उक्त सहयोगले आश्रम सञ्चालन तथा आश्रित बालबालिकाहरूको जीवनयापनमा केही सहजता हुने विश्वास लिएको जानकारी संस्थाले दिएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड १४ लाख ४९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २४ करोड ४४ लाख ४८ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुंंजी ८९ करोड ९३ लाख २३ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ अर्ब ३८ करोड ७७ लाख ५१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ४८ लाख ६४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १८ लाख ७४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव आठ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब ८१ करोड ४२ लाख ८९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३४ करोड ८९ लाख ४० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९७ लाख ३४ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया