सुबास बस्नेत
दोलखा, असार २१
एवोकाडो फलको खेती पछिल्लो समय दोलखामा पनि हुनथालेको छ । एउटै रुखबाट १५ देखि २० हजार रुपैयाँ सजिलै कमाउन सकिने देखेपछि जिल्लामा एवोकाडो फलको खेती व्यावसायिक बन्दै गएको हो । चार/पाँच वर्ष अघिसम्म नामै नसुनेको विदेशी फल एवोकाडोको खेती जिल्लामा पछिल्लो जिल्लामा व्यावसायिक रुपमा नै हुनथालेको हो ।
बैतेश्वर गाउँपालिका वडा नम्बर ३ का व्यावसायिक कृषक सुकुमान तामाङले गत वर्षदेखि एवोकाडो फलको उत्पादन भएको बताए । अहिले गाउँभर नै एवोकाडो खेती गर्नेको लहर चलेको छ । आम्दानीविनाका रुख बिरुवाले ढाकेका पाखो बारीमा हिजोआज एवोकाडो फलका बिरुवाले भरिन थालेका छन् । गत वर्ष परीक्षणको लागि सामान्य बिरुवा उत्पादन गरेका तामाङले आम्दानी राम्रो हुने थाहा पाएपछि यो वर्ष करिब नौ सय एवोकाडोको बिरुवा उत्पादन गरेको उनले बताए । साथै जिल्लाको तामाकोशी गाउँपालिका, कालिञ्चोक गाउँपालिका तथा जिरी नगरपालिकामा समेत यसको खेती गरिएको छ ।
समुद्री सतहदेखि करिब २५ सय मिटर उचाइको जमिनमा खेती गर्न सकिने एवोकाडोले बिरुवा रोपेको पाँच वर्षपछि फल्न सुरु गर्ने कृषक तामाङले बताए । छिमेकी देश भारतलगायतका देशमा स्वादिलो र पौष्टिक फलको रूपमा चिनिने एवोकाडो फल नेपालको तराई क्षेत्रमा बढी खेती हुँदै आएको छ । दोलखामा भने अघिल्लो वर्षहरुमा परीक्षण रूपमा फाट्टफुट्ट खेती हुने गरेको थियो । एवोकाडोबाट राम्रो आम्दानी हुने देखेपछि यहाँका कृषकहरु अहिले यसतर्फ आकर्षित भएका छन् । तामाङले करिब चार सय किलो फल जम्मा गरेर बिरुवा उत्पादन गरेका छन् ।
तामाङको कृषि फममा एवोकाडो बिरुवा खोज्नेको लर्को लाग्ने गरेको छ । यो वर्ष उत्पादन गरेको बिरुवा करिब सकिनलागेको उनले बताए । उनका अनुसार एउटा बिरुवा उत्पादन गर्न एक सय ५० लागे पनि चार सयमा बिक्री हुने बताए । यस वर्ष तामाङले करिब नौ सयवटा बिरुवा बिक्री गरेर करिब चार लाख आम्दानी गर्ने योजना बनाएका छन् । सात वर्षदेखि कृषि पेसा सक्रिय रहेका तामाङ कृषि पेसाबाट गाउँमै बसेर मासिक दुई लाख कमाउने गरेको बताउँछन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया