डडेल्धुरामा जनसहभागिताबाट पीसीआर मेसिन स्थापना
धनगढी, असार २१
सुदूरपश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागी १७ लाख ६० हजार दुई रुपैया सहयोग गरेको छ । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अमेरिकामा सहयोग संकलन अभियान थालिएको थियो । उक्त क्रममा जम्मा भएको १४ हजार छ सय ६० डलर (१७ लाख ६० हजार दुई रुपैयाँ) समाजले पीसीआर मेसिन स्थापनाका लागि सहयोग गरेको हो ।
जनसहभागितामा डडेल्धुरा अस्पतालमा ९६ लाखको लागतमा पीसीआर मेसिन समेत स्थापना भईसकेको छ । उक्त मेसिनको एक सिफ्टमा ९६ जना र चार सिफ्टमा तीन सय ८४ जनाको स्वावको नमूना परिक्षण गर्ने क्षमता रहेको छ । नेपालमा जनस्तरबाट संकलित रकमबाट पीसीआर स्थापना भएको यो पहिलो पटक हो । सुदूरपश्चिम समाज अमेरिकाका वरिष्ठ उपाध्यक्ष राम बहादुर देउवाको संयोजकत्वमा गठित समितिले अमेरिकाका विभिन्न राज्यमा रहेका सुदूर पश्चिम समाज र सुदूरपश्चिमेली अगुवाहरुसँग आर्थिक सहयोग संकलन गरेको थियो ।
अभियानमा अमेरिकामा रहेका सुदूर पश्चिमेलीहरुले स्वस्फूर्त रुपमा सहयोग गरेका थिए । पाँच सदस्यीय समितिमा समाजका अध्यक्ष गणेश विष्ट, महासचिव जीवन बम, सचिव रैभान महरा, र सहकोषाध्यक्ष तारा धामी सदस्यीय रहेकी थिइन् । सोही समितिको सक्रियता र पहलमा अमेरिकामा आर्थिक सहयोग संकलन भएको हो । समाजका अनुसारमा आर्थिक संकलन अभियानमा सुदूरपश्चिम समाज अमेरिका न्युयोर्कको तर्फबाट आठ हजार दुई सय ६५ डलर, गौरा समाज विस्कोन्सिनको तर्फबाट दुई हजार तीन सय ४५ डलर, अन्तर्राष्ट्रिय सुदूरपश्चिम समाज अमेरिकाका सहसंयोजक दिपेन्द्र जोशीको पहलमा टेक्सासबाट दुई हजार छ सय २३ डलर, सुदूर पश्चिम समाज मेरिल्यान्डकोतर्फबाट एक हजार डलर सुदूर पश्चिम समाज कनेक्टिकटका तर्फबाट चार सय २७ डलर गरी १४ हजार छ सय ६० डलर संकलन भएको थियो ।
नेपालको कोरोनाको सबैभन्दा उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा पीसीआर मेसिनको अभावमा कोरोना परीक्षण हुन नसकिरहेको अवस्थामा सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाका जनताको कोरोना परीक्षणको सुविधाका लागि ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको थियो । यसअघि सुदूर पश्चिममा एक मात्र पीसीआर मेसिन धनगढीमा सञ्चालनमा थियो । उक्त मेसिनले प्रतिदिन बढीमा दुई सय ५० जनाको स्वाब परीक्षण गरिरहेको छ । जसकारण सुदूरपश्चिममा संकलित हजारौँ व्यक्तिको स्वावको रिपोर्ट आउन महिना दिन लाग्ने गरेको छ ।
पीसीआर मेसिनको अभावमा सुदूरपश्चिममा स्वाब संकलन समेत पटक–पटक स्थगित हुँदै आएको छ । पीसीआर मेसिनको अभावमा कोरोना परीक्षण नहुँदा अहिले पनि हजारौँ व्यक्ति महिना दिनदेखि क्वारेन्टाइनमा बस्न बाध्य छन् । साथै हजारौँ व्यक्ति परीक्षणविना नै घर गएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया