काठमाडौं, असार २४
सेयर बजारमा उछाल आएको छ । अघिल्लो दिन ३३ अंकले उकालो बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार ३७ दशमलव ९३ अंकले उकालो लागेर १३ सय ३६ दशमलव ६६ अंकमा पुगेको छ । यसदिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ७१ अंकले उकालो लागेर दुई सय ८२ दशमलव ५९ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७८ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार १८ हजार एक सय ४० वटा कारोबारमा २८ लाख ८३ हजार नौ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब २१ करोड २४ लाख २६ हजार दुुई सय ६७ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार सबै समूहको सूचक उकालो लागेपनि यसदिन सेयर बजार पूरै हरियो भएको छ । सोही आधारमा यसदिन बाँणिज्य बैंक समूहको सूचक २५ दशमलव ८३ अंकले उकालो लागेर ११ सय ३५ दशमलव ६४ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक ३४ दशमलव ८१ अंकले उकालो लागेर १७ सय आठ दशमलव ८९ अंकमा चढेको छ ।
जलविद्युुत् समूहको सूचक पनि २६ दशमलव ४९ अंकले उकालो लागेर नौ सय ६० दशमलव ९२ अंकमा चढेकोमा लघुवित्त समूहको सूचक पनि ७६ दशमलव ५५ अंकले उकालो लागेर २२ सय ४७ दशमलव नौ अंकमा चढेको छ । यसदिन निर्जीवन बीमा समूहको सूचक तीन सय ६५ दशमलव ४६ अंकले उकालो लागेर छ हजार एक सय ४८ दशमलव २० अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ९८ दशमलव ३८ अंकले उकालो लागेर सात हजार नौ सय ९९ दशमलव ३३ अंकमा चढेको छ । यी बाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ३४ दशमलव ६१, एक सय २७ दशमलव एक, १९ दशमलव चार, २७ दशमलव पाँच र शून्य दशमलव १६ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको मञ्जुश्री फाइनान्सको सेयर मूल्य १० रुपैयाँले बढेर दुुई सय ८६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य पनि १० रुपैयाँले बढेर चार सय ८४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल सेवा लघुवित्त वित्तीय संस्था, ओरन्टल होटल समूह आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य तीन रुपैयाँ ८५ पैसाले घटेर ५० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्लोवल आईएमई लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि तीन रुपैयाँ ७१ पैसाले घटेर १२ सय ७१ रुपैयाँमा किनबेच भएको छ ।
यी बाहेक रिलायन्स फाइनान्स, मल्टीपर्पोस फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता चार सय ८४ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड १२ लाख ६७ हजार ८३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता १२ सय २३ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ६० लाख ३५ हजार एक सय २० रुपैयाँको कारोबार भएको छ । यी बाहेक हिमालयन डिष्ट्रिलरी प्राली, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
चारवटा कम्पनीको बोनस सेयर सूचीकृत : नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मंगलबार चारवटा कम्पनीहरूको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार यसदिन एउटा वाणिज्य बैंक, एउटा फाइनान्स र दुुईवटा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । सोमध्ये एभरेष्ट बैकको पाँच प्रतिशतको अनुपातमा ४० लाख ३३ हजार चार सय ३१ दशमलव ६७ कित्ता बोनस सेयर सूचीकृृत भएको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको पनि दुुई दशमलव ३३ प्रतिशतको अनुपातमा एक लाख ९० हजार तीन सय ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार सोही दिन स्वदेशी लघुुवित्त वित्तीय संस्थाको पनि २० प्रतिशतको अनुपातमा चार लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । उन्नती लघुुवित्त वित्तीय संस्थाको पनि ३८ दशमलव छ प्रतिशतको अनुुपातमा तीन लाख ४० हजार सात सय ४१ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया