काठमाडौं, साउन १४
नेपालमा कोरोना संक्रमणको दर उच्च रुपमा बढ्नथालेको छ । काठमाडौं उपत्यकामा आजसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काठमाडौं उपत्यकामा एकैदिन ५३ जना कोरोना संक्रमित फेला परेका छन् ।
ती संक्रमितमध्ये काठमाडौंमा ४८ जना, लतिलपुरमा चार जना र भक्तपुरमा एक जना फेला परेका छन् । काठमाडौं उपत्यकामा बाहिरबाट आउनेको संख्या बढेसँगै संक्रमितको संख्या बढेको हो । सरकारले नाकामै स्वाब लिएर परीक्षणको दर पनि बढाएको छ । सोही कारण संक्रमितको दर बढेको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार एकै दिन तीन सय ११ जनामा कोरोना पुष्टि भएको छ । पाँच हजार ३२ जनाको परीक्षणमा उक्त संख्या देखिएको हो ।
सरकारले तीन लाख ५२ हजार तीन सय सात जनाको परीक्षण गरिसकेको छ । क्वारेन्टाइनमा १५ हजार तीन सय ३१ जना छन् । गत असार १९ गते नेपालमा सात सय ४० जनामा कोरोना पुष्टि भएको थियो । तर, काठमाडौं उपत्यकामा यति धेरै संख्यामा कोरोना संक्रमित फेला परेका थिएनन् । कोरोनाबाट संक्रमितहरुको संख्या बढे पनि अहिलेसम्म त्यसको औषधि पत्ता लाग्न सकेको छैन । नेपालमा कोरोनाबाट ४९ जनाको मृत्यु भएको छ । पछिल्लो पटक बझाङका एक पुरुषको कोरोनाको कारण निधन भएको छ ।
मन्त्रालयका अनुसार सोमबारदेखि मंगलबारसम्म थप एक सय २१ जना कोरोना निको भएर घर फर्किएका छन् । मंगलबारसम्म १३ हजार आठ सय ७५ जना घर फर्किएका छन् । अझै अस्पतालमा पाँच हजार एक सय २९ जना उपचाररत छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया